लुका मोडरिचको सम्झौता लम्बियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ११ गते २०७८ मा प्रकाशित


लुका मोडरिच

एजेन्सी– रियाल मड्रिडका मिडफिल्डर लुका मोडरिचले स्पेनिस क्लब रियाल मड्रिडको बसाईका लागि मंगलबार सम्झौता लम्बाएका छन् । ३५ वर्षिय क्रोएसियका अन्तर्राष्ट्रिय खेलाडी मोडरिचले आगामी सिजन सम्मका लागि मंगलबार सम्झौता नविकरण गरेका हुन् । मोडरिचले क्लब बसाईलाई लम्बाएको मंगलबार रियाल मड्रिडले जनाएको हो ।

२०१८ को बालोन डि‘ओर उपाधि जितेका मिडफिल्डर मोडरिचले रियाल मड्रिडका लागि ३ सय ९१ खेल खेलेका छन् । मोडरिच २०१२ मा प्रिमियर लिग क्लब टोटेनह्यामबाट रियालमा अनुबन्ध भएका थिए । २००६ देखी क्रोएसियाको राष्ट्रिय टोलीबाट खेलेका मोडरिच प्रशिक्षक जिनेदिन जिदानका निकै विश्वासिला खेलाडी हुन । पछिल्ला ४८ खेलमा मोडरिचतले ६ गोल गरेका छन् ।

‘क्रोएसियन मिडिफिल्डर लुका मोडरिच जुन ३०, २०२२ सम्म रियालमा नै हुनेछन,’ क्लबले जारी गरेको छोटो विज्ञप्पतीमा उल्लेख गरेको छ । सम्झौता नविकरण गरेसँगै मोडरिचले सामाजिक सञ्जालमा क्लब बसाईलाई निरन्तरता दिन पाउँदा खुसी भएको अभिव्यक्ति दिएका छन् ।
‘रियालका जर्सी पहिरिएर उत्कृष्ट टिमको प्रतिनिधित्व गर्न पाउँदा म खुसी र गर्ब गर्छु,’ मोडरिचले ट्वीटरमा लेखेका छन् ।

१३ पटक युरोपियन च्याम्प्यिन बनको रियालको सम्पन्न सिजन भने निराशाजनक हुन पुग्यो । स्पेनि ला लिगाको उपाधि गुमाउन पुग्यो भने च्याम्पिन्स लिगको सेमिफबाटबाट क्लब टाढिनु प¥यो । रियाल प्रिमियर लिग क्लब चेल्सीसँग् पराजित हुँदै युरोपका प्रतिष्ठित प्रतियोगिताबाट बाहिरिनु परेको थियो ।

स्पेनिस ला लिगाको उपाधि एट्लेटिको माड्रिडले उचाल्दा साविकको च्याम्पियन बार्सिलोनाले तालिकामा तेस्रो हुँदै सिजन अन्त्य गर्दा लुका मोडरिच सम्मिलित रियाल दोस्रो स्थानमा अटाउँदै सिजन पूरा गरेको थियो ।

मोडरिचको सम्झौता नविकरण भए पनि प्रशिक्षक जिनेदिन जिदान र लामो समय सम्म क्लबलाई योगदान दिएका सर्जियो रामोसको भविष्य भने अनिश्चित छ । विभिन्न टिका टिप्पणी सञ्जार माध्यममा आए पनि अहिले सम्म कुनै निर्णय हुन सकेको छैन ।