
एजेन्सी । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई स्तब्ध बनाउँदै चेल्सीले युरोपको सबै भन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि उचालेको छ ।

पोर्तोमा गए राति भएको प्रतिस्पर्धामा चेल्सीले सिटीलाई १–० ले स्तब्ध बनाउँदै उपाधि उचालेको हो । यो सँगै सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि उचाल्ने मौका गुमाएको छ भने चेल्सीले दोस्रो पटका च्याम्पियन्स लिगको उपाधि उचालेर इतिहास रेचेको छ ।

पोर्चुगलस्थित पोर्टोमा चेल्सीलाई उपाधि जिताउन काइ हार्भट्जले निर्णायक गोल गरे । उनले खेलको ४२औँ मिनेटमा मासोन माउन्टको पासमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाएका हुन् ।
यससँगै चेल्सी दोस्रो पटक युरोपियन च्याम्पियन बनेको छ । उसले यसअघि २०१२ मा उपाधि जितेको थियो । सन् २००८ मा भने ऊ म्यानचेस्टर युनाइटेडसँग पराजित हुँदै उपाधिबाट जित्नबाट बञ्चित भएको थियो ।

त्यसअघि चेल्सीले स्पेनिस क्लब रियल मड्रिडलाई स्तब्ध बनाउँदै उपाधि नजिक स्थान बनाएको हो । यता, सिटीले भने सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।


पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…