नेपालद्वारा चाइनिज ताइपेई २–० ले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २१ गते २०७८ मा प्रकाशित


काठमाडौं । विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत बिहीबार भएको खेलमा नेपालले चाइनिज ताइपेईविरुद्धको खेलमा सुखद नतिजा निकालेको छ ।

दशरथ रंगशालामा हुनु पर्ने खेल कोरोना भाइरसकाका कारण तटस्थ स्थल कुवेतको जाबेर अहमद इन्टरनेशनल स्टेडियममा सञ्चाल भएको दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको हो ।

यस अघि पहिलो लेगमा पनि नेपालले चाइनिज ताइपेईलाई उसैको मैदानमा २–० को जित निकालेको थियो । बिहीबार पनि नेपालले सोही नतिजा निकाल्न सफल भएको हो । पहिलो लेगमा २ गोल गरेका अञ्जन विष्टले पेनाल्टी अवसरबाट नेपाललाई अग्रता दिलाउँदा दोस्रो गोल नवयुग श्रेष्ठले गरेका थिए ।

चौथो मिनेटमा चाइनिज ताइपेईका खेलाडीले पेनाल्टी क्षेत्रमा बल रोक्ने क्रममा ह्याण्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टी प्रहारमा आएका अन्जन विष्टले अवसरलाई सदुपयोग गर्दै टोलीको खाता खोलेका थिए ।

सुरुआती अग्रता निकालेसँगै दबाब दिएर खेलेको नेपालका लागि बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले ८१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

युवा टोलीलाई समावेश गर्दै भ्रमण गराएका मुख्य प्रशिक्षक अलमुताइरीको पहिलो परिक्षामा शत प्रतिशत नजिता निक्लिएको छ । यस अघि इराकसँग भएको मैत्रिपूर्ण खेलमा नेपालले ६–२ ले पराजित भए पनि नेपाल प्रदर्शनलाई सबैले सम्मान गरेका थिए । फिफा वरियतामा धेरै माथि रहेको इराकसँग प्रतिस्पर्धात्मक खेल खेल्नुले नेपाली टोलीको मनोबल बढेको थियो ।

चाईनिज ताईपेइविरुद्ध दोस्रो लेगमा निकालेको जितलाई प्रशिक्षक अलमुताइरीले कोरोना भाइरससँग लड्नका लागि स्वास्थ क्षेत्रमा खटिएका अग्रापंक्तिका स्वास्थकर्मीहरुलाई समपर्ण गरेका छन् । खेल पछिको पत्रकार सम्मेलनमा अलमुताइरीले स्वास्थकर्मीहरुलाई जित सुम्पिएका हुन् ।


समूह बी मा दोस्रो जितपछि नेपालले ६ खेलबाट ६ अंक नै जोडेको छ । यसअघि पनि नेपालले चाइनिज ताइपेई विरुद्ध नै ३ अंक जोडेका थिए । नेपालले अब जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासंग खेल्नेछ ।