
टर्की विरुद्धगोल गरेपछि खुशी मनाउँदै इटालियन खेलाडीहरु ।
पोखरा-गएरातीदेखि शुरु भएको युरोकपको उदघाटन खेलमा पूर्व विश्वकप विजेता इटालीले टर्कीलाई ३-० ले पराजित गर्दै सुखद शुरुवात गरेको छ । आफनै घरेलु मैदानमा टर्कीमाथि सहज जित दर्ता गर्ने क्रममा उपहार गोलबाट इटाली अघि बढेको थियो । युरोकप युरोपका विभिन्न ११ देशमा आयोजना गरिएको छ ।
पहिलो हाफ गोलरहित टुंगिएको थियो । तर दोस्रो हाफको दशमिनेट वित्न नपाउँदै आत्मघाती गोलको उपहार इटालीले पाउँदै भाग्यमानी बन्न पुग्यो । पहिलो आत्मघाती गोलले सम्हालिन कठिनाई भएको टर्कीले लगातार थप दुई गोल खाँदै हारसँगै युरोकप शुरु गर्न पुग्यो ।
खेलको ५३ औं मिनेटमा मेरिह डेमिरलले बचाउ गर्दा गर्दै आफनै पोष्टमा बल छिरेपछि इटालीले शुरुवाती अग्रता लियो । ६६ औं मिनेटमा इटालीले दोस्रो गोल गर्यो । सिरो इमोबाईलको दायाँ खुट्टाले प्रहार गरेको बल सिधै पोष्टभित्र छिरेको थियो । ७९ औं मिनेटमा सिरोकै पासमा लोरेन्जो इन्साईनले गोल गर्दै इटालीलाई फराकिलो जित दर्ता पक्का बनाए । टर्कीले खेलको अन्तिम समयमा आएर दुईवटा पोष्ट आक्रमणको प्रयास गरेपनि विफल हुदाँ हार स्वीकार्दै युरोकपको उदघाटन खेल इटालीलाई सुम्पिएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…