बेल्स र स्वीटजरल्याण्ड बराबरी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २९ गते २०७८ मा प्रकाशित


पोखरा-युरोकप अन्तगर्त शनिबार साँझ वेल्सले स्वीट्जरल्याण्डसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

गारेथ बेलको नेतृत्वमा रहेको वेल्सले कमब्याक गोल गर्दै बराबरी खेल्न पुग्यो ।

पहिलो हाफ दुवै गोलरहित खेले । तर दोस्रो हाफ शुरु भए लगत्तै स्वीट्जरल्याण्डले गोलको खडेरी तोड्दै अग्रता लियो ।

हेरिस सेफेरोभिचको पासमा ब्रिल एम्बोलोले ४९ औं मिनेटमा गोल गर्दै स्वीट्जरल्याण्डलाई अग्रता दिलाए ।

खेलको ७४ औं मिनेटमा बेल्सले गोल फर्काउँदै बराबरीमा ल्यायो । बराबरीले खेल निकै प्रतिस्पर्धात्मक बन्न पुग्यो ।

जोय मोरेलको कर्नर पासमाा केईफेर मोरेको हेडर गोलमा परिणत भएपछि बेल्स सम्भावित हारबाट जोगियो ।

दुवै टोलीले एकपछि अर्को गोलको लागि मुभ बनाएपनि गोल हुन नसकेपछि बराबरीमै अंक बाँडे ।