
गोल गरेपछि स्ट्रलिङ
पोखरा-म्यानचेष्टर सिटीका फरवार्ड रहिम स्ट्रलिङको निर्णायक गोलमा युरो कप अन्तर्गत ईग्ल्याण्डले क्रोएसियामाथि १-० गोलको नजिता निकाल्दै सुखद शुरुवात गरेको छ ।
पहिलो हाफमै इग्ल्याण्डको क्रसबारमा लागेर रिवाउण्ड हुदाँ स्पष्ट अग्रता लिनबाट बन्चित भएपछि पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।
खेलको ५७ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै अग्रता दिलाए । जुन गोल अन्तत इग्ल्याण्डको लागि निर्णायक गोल बन्न पुग्यो । काल्भिन फिलिप्सले डिबक्सभित्र दिएको छोटो पासलाई स्ट्रलिङले गोल गर्दै घरेलु मैदानमा अग्रता दिलाएका हुन् ।

६१ औं मिनेटमा पनि इग्ल्याण्डले महत्वपूर्ण अवसरलाई गुमाउन पुग्यो । मासन माउण्टको पासमा टोटनह्यामका स्ट्राईकर समेत रहेको इग्ल्याण्डका कप्तान ह्यारी केनको प्रहार पोष्टभन्दा धेरैमाथिबाट बाहिरिन पुग्यो । प्रहार गरे लगत्तै केन गोलपोष्टमा ठोक्किएर घाईते बन्न पुगे ।
६७ औं मिनेटमा मासनकै फ्रिकिक क्रसबारमाथिबाट बाहिरिन पुग्यो । २७औं मिनेटमा क्रोएसियाका कप्तान लुका मोड्रिचको पासमा इभान पेरिसिचको प्रहार बाहिरिएको थियो ।
अन्द्रेज क्रमारिचको पासलाई ५५ औं मिनेटमा कप्तान मोड्रिचले सदुपयोग गर्न सकेनन् । ७० औं मिनेटमा क्रोएसियाले अर्को गोलको लागि अवसर सृजना गर्यो । यद्यपी सदुपयोग भने हुन सकेन् । लुका मोड्रिचको पासमा मार्सेलो ब्रोजोभिचको प्रहार खेर गएको थियो ।
टायरोनी मिङ्सको पासमा ७४ औं मिनेटमा इग्ल्याण्डका लागि रहिमले अर्को अवसर चुकाउन पुगे । अग्रता दोब्बर पार्ने प्रयास खेर गएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…