
पोखरा- एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार परिमार्जन गर्दै जारी गरेको नयाँ ढाँचा अनुसार नेपालले चीनमा आयोजना हुने एसियन कप–२०२३ कप छनोटका लागि सिधै तेस्रो चरणको खेल खेल्ने मौका पाएको छ ।
एएफसीले जारी गरेको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ । विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले ८ खेलबाट ६ अंक जोडेर चौंथो स्थानमा रहेको थियो । चौथो स्थानमा रहँदै लिगका खेल समापन गर्दा नेपालको कतार विश्वकप यात्रा समाप्त भएको हो ।
परिमार्जन गरेको मापदण्ड अनुसार यस अघि छनोटको चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने प्राब्धान तोकिएको थियो । तर, एएफसीले बुधबार जारी गरेको नयाँ ढाँचाबाट नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो । तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहनेछ ।
अब छनोटको पाँचौं स्थानमा रहेको टिमले प्ले अफ खेल्नेछ । प्ले अफमा चाईनिज ताईपे, इन्डोनेसिया, कम्बोडिया र गुआमले खेल्ने तालिक सार्वजनिक भएको छ । प्ले अफका दुई टोलीले तेस्रो चरणमा स्थान बनाउनेछन् ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…