
युक्रेन र मेसोडोनिया बीच खेलको झलक ।
एजेन्सी -युक्रेनले बिहीबारयुरोकप अन्तर्गत नर्थ म्यासेडोनियलाई २–१ गोलले पराजित गर्दै अघिल्लो चरण यात्राको सम्भावना बनाएको छ । युरोकप २०२० अन्तर्गत रोमानियाको नेसनल एरिनामा भएको खेलमा दुबै टोली पहिलो जितको खोजीमा मैदान उत्रिएका थिए । सुरुआतबाट नै आक्रामक देखिएको युक्रेनले म्यासेडोनियामाथि दबाब दिएर खेलेको थियो ।

पहिलो हाफमा सहज खेल पस्किएको युक्रेनले दोस्रो हाफमा भने पहिलो हाफको प्रदर्शनलाई निरन्तरता दिन सकेन । पहिलो पटक युरोपियन च्याम्प्यिनसिपमा सहभागिता जनाएको म्यासेडोनिया युक्रेनसँग पराजित हुँदा अघिल्लो चरणको यात्रा कठिन बनेको छ । यस सँगै म्यासेडोनिया एक खेल अगावै अघिल्लो चरण प्रवेश गर्नबाट चुकेको छ ।
रक्षात्मक जस्तो देखिएको म्यासेडोनियाविरुद्ध युक्रेनका लागि २९औं मिनेटमा कप्तान एन्ड्री यार्मोलेन्कोले गोल गर्दै टोलीको खाता खोलेका थिए । यससँगै यार्मोलेन्कोले करियरको ४२औं गोल पूरा गरेका छन् ।

युक्रेका लागि सर्वाधिक गोल गरेका सेपचेन्को भन्दा मात्र ६ गोल पछाडि रहेका छन् । रोमन यारेमचुकले ४२औं मिनेटमा गोल थप्दै युक्रेनको अग्रता दोब्बर पारेका थिए । त्यसपछि फरक रणनीतिका साथ दोस्रो हाफको खेलमा उत्रिएको म्यासेडोनियाले ५७औं मिनेटमा गोल गर्दै अग्रता छोट्यायो ।
म्यासेडोनियाका खेलाडी पेनाल्टी क्षेत्रमा बल अगाडि बढाउने क्रममा युक्रेनका रक्षकले खराब ट्याकल गरेपछि म्यासेडोनियाले पेनाल्टी अवसर पाएको थियो । पेनाल्टी प्रहार आएका एजान अलोस्किीको प्रहार युक्रेनका गोलकिपरले रोके पनि रिबाउन्डमा गोल गर्दै अग्रता घटाउन सफल भएका हुन ।

यस्तै खेलको ८४ औं मिनेटमा युक्रेनका रुस्लान मालिनोभ्सकीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार म्यासेडोनियाका गोलकिपर स्टोलले उत्कृष्ट बचाउँदै गर्दै अग्रता लिने अवसर विफल पारेका थिए । त्यसपछिको बाँकी समयमा दुबै टोलीले थप गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् ।
र युक्रेनले जारी प्रतियोगितामा पहिलो जित निकाल्न सफल भयो । समूह ‘सी’ मा रहेको युक्रेनले स्पष्ट तीन अंक जोडेर नक आउट चरण प्रवेश गर्ने सम्भावनलाई कायमै राखेको छ भने दोस्रो खेलमा पनि पराजित भएको म्यासेडोनियाको अघिल्लो चरणको यात्रा कठिन भएको हो ।

म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो । जित निकालेको युक्रेनले आगामी खेल अस्ट्रियासँग खेल्ने छ भने म्यासेडोनियाले नेदरल्यान्ड्को सामना गर्नेछ । समान तीन अंक भएको समूहमा नेदरल्यान्ड्स शीर्ष स्थानमा अटाउँदा अस्ट्रिया दोस्रो स्थानमा छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…