
एजेन्सी-पाएको पेनाल्टीलाई सदुपयोग गर्दै स्वीडेनले स्लोभाकियामाथि १-० गोलको जितसँगै अघिल्लो चरण यात्रालाई बलियो बनाएको छ । दुई खेलबाट ४अंकसहित शीर्षस्थानमा रहेको स्वीडेनले पहिलो खेल स्पेनसँग गोलरहित बराबरी खेलेको थियो ।
युरोकप २०२० अन्तर्गत शुक्रबारको पहिलो खेलमा स्वीडेनले जित आत्मसात गर्दै तीन अंक जोड्यो । जितले नकाउटचरण प्रवेशको सम्भावना बलियो बनायो । पहिलो हाफ गोलरहित टुंगिएको खेल दोस्रो हाफमा दुवैले गोलको लागि निकै प्रयत्न गरे ।
यद्यपी सफल भने हुन सकेका थिएनन् । खेलको ७७ औं मिनेटमा स्वीडेनले पेनाल्टी पाउँदै जितको भाग्योदय हुन पुग्यो । ७७ औं मिनेटमा इमिल फर्सबेर्गले पेनाल्टीलाई सदुपयोग गर्दै अग्रता दिलाए । जुन पेनाल्टी स्वीडेनको जितको आधार बन्यो ।
मार्टिन डुब्राभ्काले पेनाल्टी क्षेत्रभित्र खराब फउल गरेपछि स्वीडेनले पेनाल्टीको अवसर पाएको थियो । त्यसलाई इमिले कुनै गल्ती भने गरेनन् । स्लोभाकियाले बलमाथिको पकड बनाएपनि स्कोरिंग भने निकाल्नै सकेन् । पोष्टमा आक्रमण भने स्लोभाकिया भन्दा बढी स्वीडेनले गरेको थियो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…