
काठमाडौं । गुइदो रोडरिग्वेजको निर्णायक गोलप्रेरित अर्जेन्टिनाले कोपा अमेरिकाको समूह ‘बी’ अन्तर्गत शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १-० को नतिजामा पराजित गरेको छ ।

पहिलो खेलमा चिलीसँग १-१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिनाको प्रतियोगितामा यो पहिलो जित हो ।

स्टार फरवार्ड लियोनेल मेसीको कप्तानीमा मंदानमा उत्रिएको अर्जेन्टिनालाई जित दिलाउन १३औं मिनेटमा रोडरिग्वेजले गरेको एक मात्र गोल पर्याप्त भयो ।

कर्नरमार्फत् रोडरिगो डी पौलले मेसीलाई छोटो पास दिएका थिए । सोही बलमा मेसीले दिएको बाँयातर्फबाट गरेको क्रसमा रोडरिग्वेजले हेडरमार्फत् गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा बल पोसेसनमा प्रभुत्व जमाएको उरुग्वेले गोलका लागि केही अवसर सिर्जना गरे पनि फिनिसिङ प्रभावकारी नुहँदा प्रतियोगिताको पहिलो खेलमै हार बेहोर्नु पर्यो ।

अर्जेन्टिनाले आफ्नो अर्को खेलमा मंगलबार पारग्वेको सामना गर्नेछ भने उरुग्वेले पनि सोही दिन चिलीसँग खेल्ने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…