
एजेन्सी-युरोकप अन्तर्गत शनिबार राती हंगेरीले आफनै घरमा विश्व विजेता फ्रान्ससँग १(१ को बराबरीमा खेल्दै अघिल्लो चरणको यात्रालाई कम्तीमा अन्तिम खेलको नजितासम्म पर्ख र हेरको अवस्थामा पुर्याएको छ । बराबरीसँगै १ अंक जोडेको हंगेरीले लिगचरणको अन्तिम खेल जर्मनीसँग प्रतिस्पर्ध गर्ने छ ।
हंगेरीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै घरेलु मैदानमा अग्रता दिलाए । ४५ प्लस २ मिनेटमा अटिला फियोलाले गोल गर्दै घरेलु दर्शकलाई उत्साहित बनाउँदै फ्रान्समाथि दबाव बनाए ।
फ्रान्सले बलमाथिको नियन्त्रण गरिरहेपनि गोल गर्ने प्रयास गरिरह्यो । तर सफलता भने ६७ औं मिनेटमा आएर सम्भब बनायो । गोलकिपर ह्युगो लोरिसको लङ किकमा किलियन एम्बाप्पेले हंगेरीको डिफेन्सलाई विट गर्दै उपलब्ध गराएको पासलाई एन्टिनोई ग्रिजमनले गोल गर्दै फ्रान्सको खुशी फर्काएका थिए । गोलसँगै अकं खोसेको फ्रान्सले समूह एफको शीर्षस्थानमा छ । एक जित र एक बराबरीसँगै चारअंक छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…