
एजेन्सी-दुई आत्मघाती गोलको उपहारसँगै जर्मनीले साविकको युरोकप च्याम्पियन पोर्चुगललाई ४-२ को फराकिलो गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रालाई जिवितै राखेको छ । हारले पोर्चुगललाई भने सकस हुन पुगेको छ । पोर्चुगलले अब लिगचरणको अन्तिम खेल फ्रान्ससँग खेल्ने छ । पोर्चुगल र फ्रान्सलाई जित अनिवार्य छ । बराबरीले फ्रान्स ५ अंक हुने छ भने पोर्चुगल ४ अंकमा रहने छ । यद्यपी जर्मनी र हंगेरी बीचको खेलले तय गर्ने छ । अंकगणितीय हिसाबमा हंगेरीले जितेको अवस्थामा जर्मनी बाहिरिदाँ पोर्चुगल अघिल्लो चरणको यात्रामा निस्कने छ ।
क्रिष्टियानो रोनाल्डोको गोलबाट अग्रता लिदैं खुशी मनाएको पोर्चुगलले खेलको अन्त्य गर्दा दोब्बर नजिताले हार ब्योहर्न पुग्यो । जियागो जोटाले ६ यार्डबक्सभित्र जर्मनीका गोलकिपर नोयुरलाई समेत कटाउँदै दिएको सटपासमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको १५ औं मिनेटमा रोनाल्डोको गोल गर्दै दिलाएको अग्रता पहिलो हाफमै आत्मघाती गोलले पोर्चुगललाई बराबरीमा पुग्यो । डिफेन्स रुबेन डियासले क्रस गरेको बल क्लियर गर्न खोज्दा आफनै पोष्टभित्र बल छिरेपछि जर्मनीको भाग्य खुल्यो । रोनाल्डोको यो १०७ औं गोल थियो । उनले देशका लागि सर्वाधिक गोल गर्ने अलि दाइको किर्तिमानी बराबरी गर्न अब केवल दुई गोलले मात्रै पछि छन् ।
३५ औं मिनेटमा आत्मघाती गोलको उपहार पाएको जर्मनीले दोस्रो गोल पनि उपहार नै पायो । ३९ औं मिनेटमा राफेल गुईरिरोले पनि क्लियर गर्न खोजेको बल आफनै खुट्टामा डिफ्लेक्ट हुदैं पोष्टभित्र छिरेपछि जर्मनीले अग्रता लिएको थियो ।
एकपछि अको आक्रमणको रणनीति बुन्न सफल जर्मनीले पहिलो हाफ २(१ गोलको अग्रता लिएको थियो । ५१ औं मिनेटमा काई हार्भेट्जले जर्मनीको लागि अर्को गोल थप्दै अग्रतालाई फराकिलो बनाउने प्रयास गरे । त्यस्तै ६० औं मिनेटमा रोबिन गोसेन्सको उत्कृष्ट हेडर गोलमा परिणत भएपछि फराकिलो जितको सम्भावना नजिक पुग्यो । हेडरको लागि जोसुवा किम्मिचले क्रस पास दिएका थिए ।
पोर्चुगलले ६७ औं मिनेटमा गोल फर्काउँदै अग्रतालाई केही घटाउने प्रयास गर्यो । क्रिष्टियानो रोनाल्डोको पासलाई जियागो जोटाले गोललाई नजिकैबाट गोल गर्दै अग्रतालाई कम गरे । ७८ औं मिनेटमा जोआ मोउन्टिनोको पासलाई रेनाटो सान्चेजको प्रहार क्रसबारमा लागेर फर्किएपछि पोर्चुगलको अभागी सिद्ध बन्यो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…