
एजेन्सी । साविक विजेता पोर्चुगल र साविक विश्वकप विजेता फ्रान्ससहित जर्मनी युरोकप फुटबल २०२० को दोस्रो चरण पुगेका छन्।

बुधबार राती सम्पन्न भएको खेलमा आपसमा २-२ गोलको बराबरी खेल्दै फ्रान्स र पोर्चुगलले नकआउट चरणमा स्थान बनाएका हुन्। अर्को खेलमा हंगेरीसँग बराबरी खेलेको जर्मनी पनि अगाडि बढ्यो।

समूह ‘एफ’मा ३ खेलपछि ५ अंक भएको फ्रान्स विजेता बन्यो। ४ अंक भएको जर्मनी उपविजेता बन्यो। ४ अंक नै भएको पोर्चुगल तेस्रो भएर अगाडि बढ्यो। फ्रान्सविरुद्ध पोर्चुगलका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे। उनले दुवै गोल पेनाल्टिमा गरेका थिए। यसैगरि फ्रान्सका लागि दुवै गोल करिम बेन्जेमाले गोल गरेका थिए।

खेलमा सुरुवाती अग्रता पोर्चुगलले लिएको थियो, ३१ औँ मिनेटमा। पहिलो हाफको इन्जुरी समयमा प्राप्त पेनाल्टी अवसर सदुपयोग गर्दै बेन्जेमाले खेल बराबरीमा ल्याए।
४७ औँ मिनेटमा फ्रान्सले अग्रता लिएको थियो। तर पोर्चुगलले ६० औँ मिनेटमा पाएको पेनाल्टी अवसरमा रोनाल्डो सफल भए। उनी सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने इरानका अलि दाईको एक सय ९ गोलको विश्व कीर्तिमान बराबरी गर्न सफल भए। रोनाल्डोको नाममा युरो कप र च्याम्पियन्स लिगमा पनि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान छ।

अर्को खेलमा दुईपटक पछाडि परेर पनि जर्मनी बराबरीमा फर्कियो। हंगेरीले ११ र ६८ तथा जर्मनीले ६६ र ८४ औँ मिनेटमा गोल गोल गरेको थियो। बुधबारबाट समूहगत चरणका खेलहरु सकिएका छन्।

प्रतियोगितामा समूह विजेता र उपविजेताका रुपमा समूह ‘ए’बाट इटाली र वेल्स, समूह ‘बी’बाट बेल्जियम र डेनमार्क, समूह ‘सी’बाट नेदरल्यान्ड्स र अस्ट्रिया, समूह ‘डी’बाट इङ्ल्यान्ड र क्रोएसिया तथा समूह ‘इ’बाट स्विडेन र स्पेन अगाडि बढेका छन्। शीर्ष चार तेस्रो टोलीका रुपमा पोर्चुगल, स्वीट्जरल्यान्ड, चेक गणतन्त्र र युक्रेन पनि अगाडि बढेका छन्।
युक्रेनबाहेक अन्य तीन टोलीले समान चार अंक जोडेका थिए। तीन अंक जोडेर तेस्रो स्थानमा रहेका फिनल्यान्ड र स्लोभाकिया गोलअन्तरमा युक्रेनभन्दा पछाडि रहेका हुन्।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…