इटाली र डेनमार्क क्वाटरफाइनलमा प्रवेश

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १३ गते २०७८ मा प्रकाशित


एजेन्सी । इटाली र डेनमार्क युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले हराउँदै इटाली क्वाटरफाईनलमा पुगेको हो ।

निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा इटालीका फेडेरिको चिएसा र माटियो पेस्नीनाले एक एक गोल गरे ।

अष्ट्रियाका सासा कालादिचले एक गोल फर्काए । जितसँगै इटालीले लगातार ३१ खेलको अपराजित यात्राको किर्तिमान बनाएको छ । इटालीले अब क्वाटरफाईनलमा बेल्जीयम र पोर्चुगलमध्ये आज हुने खेलको विजेतासँग भिड्नेछ ।

युरोकप फुटबलकै अर्को खेलमा वेल्समाथि ४–० को फराकिलो जित निकाल्दै डेनमार्क पनि क्वाटरफाईनलमा पुगेको छ । डेनमार्कको जितमा कास्पर डोल्वगृले दुई गोल गर्दा वाकिम माहिल र मार्टीन ब्रेथवेटले एक एक गोल गरे ।

डेनर्माकले प्रतियोगिताको लगातार दुई खेलमा ४ गोल गरेको हो । डेनमार्कले अब क्वाटरफाईनलमा नेदरल्याण्ड्स र चेक रिपब्लीकबिच आज हुने खेलको विजेतासँग खेल्नेछ ।