
एजेन्सी । कोपा अमरिका फुटबलमा अर्जेन्टिानले बोलिभियालाई ४–१ ले हराएको छ ।
ब्राजिलमा आज बिहान भएको समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा अलेहान्द्रो गोमेज र लौतारो मार्टीनेजले एक एक गोल थपे ।

बोलिभियाका इर्वीन साभेद्राले एक गोल फर्काए । आजै भएको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० ले हरायो । २१ औं मिनेटमा पाएको पेनाल्टीमा एडिन्सन काभानीले गोल गरेपछि उरुग्वे १–० ले विजयी भयो ।
आजका खेलहरुपछि कोपा अमेरिका फुटबलको क्वाटरफाईनल खेल तालिका तय भएको छ । क्वाटरफाईनलमा अर्जेन्टिना र इक्वेडर ब्राजिल र चिली, उरुवे र कोलम्बिया तथा पाराग्वे र पेरु भिड्नेछन् ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…