
एजेन्सी- युरो कप २०२० को ग्रुप अफ डेथमा रहेको अन्तिम टोली जर्मनी पनि इंग्ल्याण्डको हातबाट पराजित भएपछि समूहका सबै घर फर्किएका छन् । ग्रुप एफ मा रहेका हंगेरी, पोर्चुगल र फ्रान्सले अन्तिम १६ मा आईपुग्दा पराजित हुदैं बाहिरिएपछि बाहिरिने अन्तिम टोली जर्मनी बन्न पुग्यो ।
उपाधिका दावेदारी मानिएको टोली एक पछि अर्को गर्दै पराजित भए । इग्ल्याण्डले क्वाटरफाइनल समीकरण पुरा गर्ने क्रममा जर्मनी माथि २० को गोलले पराजित गर्यो । इग्ल्याण्डको वेम्बली स्टेडियममा भएको प्रतिस्पर्धा सन १९६६ को विश्वकपको फाईनलको झल्को दिएको थियो । जर्मनी र इग्ल्याण्ड बीच सोही स्टेडियममा उपाधि प्रतिस्पर्धा भएको थियो । नजिता इग्ल्याण्डले आफ्नै पक्षमा पार्यो ।
पहिलो हाफ गोलरहित टुंगियो । पहिलो हाफमै दुवैले एक एक अवसरलाई गुमाए । १६ औं मिनेटमा इग्ल्याण्डका लागि रहिम स्ट्रलिङको प्र्रहारलाई जर्मनी गोलरक्षक म्यानुयल नोयुरले उत्कृष्ट बचाउ गरे । डेग्लन राईसले रहिमलाई पास उपलब्ध गराईदिएका थिए ।
२७ औं मिनेटमा जर्मनका टिमो वार्नरले हानेको प्रहार बाहिरिएको थियो । काई हार्भट्जले दिएको पासलाई उनले सदुपयोग गर्न सकेनन् । ४८ औं मिनेटमा हार्भट्जले हानेको हाफ भली बललाई इग्ल्याण्डका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै खेलाडीको हौसला थपिरहे ।
खेलको ७५ औं मिनेटमा रहिमको गोलसँगै इग्ल्याण्डले अग्रता लियो । लुके शको पासलाई रहिमले क्लोज रेन्जबाट गोल गर्दै ईग्ल्याण्डलाई अग्रता दिलाए । त्यसपछि खेल सकिन ४ चार मिनेट बाँकी रहँदा कप्तान ह्यारी केनले हानेको हेडर गोलसँगै ईग्ल्याण्डको जितपक्का हुदैं अन्तिम आठको यात्रा तय गरेको थियो । ज्याक ग्रेलिसको पासलाई केनलाई सिक्सयार्ड बक्सभित्रबाट हानेको हेड गोलमा परिणत भएपछि इग्ल्याण्डको जित सुनिश्चित भएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…