
एजेन्सी-आत्मघाती गोलबाट अग्रता लिएको स्पेनले स्वीट्जरल्याण्डमाथि जित निकाल्न पेनाल्टीसम्म कुर्नुपर्यो । निर्धारित समय र अतिरिक्त समयमा समेत १–१ गोल भएपछि निर्णायार्थ पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन युरोकप २०२० को सेमिफाईनल प्रवेश गरेको छ ।
खेलको आठौं मिनेटमा स्पेनले अग्रता लियो । आत्मघात गोल खाँदै स्वीट्जरल्याण्ड पछि पर्यो । जोर्डी अल्वाको प्रहारलाई रोक्ने क्रममा स्वीट्जरल्याण्डका डेनिस जाकारियाको खुट्टामा डिफेक्ल हुदैं बल जाली भित्र छिरेपछि स्पेनले अग्रता लिएको थियो । पहिलो हाफ नै त्यो एक मात्र गोल थियो । बलमाथिको नियन्त्रण भने स्पेनले बलियो पकड बनाएको थियो ।
खेल ६८ औं मिनेटमा रोमाञ्चक मोडमा पुग्यो । स्वीट्जरल्याण्डले बराबरी गोल गर्दै खेलमा फर्कियो । ६८ औं मिनेटमा कप्तान जार्दान सकिरीले गोल गर्दै बराबरीमा ल्याए । उनले रेमो फ्युलरको पासलाई सदुपयोग गर्दै बराबरी गोल गरेपछि खेल निकै प्रतिस्पर्धात्मक बन्यो । तर दुर्भाग्य ७७ औं मिनेटमा स्वीट्जरल्याण्ड १० खेलाडीमा समेटियो । गोलको लागि असिष्ट गरेका रेमो रातो कार्ड खाँदै बाहिरिएपछि स्वीट्रल्याण्ड बाँकी समय दश खेलाडीमै डटिरह्यो ।
निर्धारित समयमा १–१ गोलमा टुंगिएपछि थपिएको अतिरिक्त समयमा समेत गोल नहुदाँ निर्णय पेनाल्टीमा पुग्यो । पेनाल्टीमा स्पेनका कप्तान सर्जियो बुस्केटको प्रहार खेर गएपछि स्पेन निराश बन्यो । स्वीट्जरल्याण्डका लागि मारियो गारानोभिचको प्रहारले सही दिशा लिएपछि अग्रता लियो ।
डानी ओल्मोको प्रहार गोलमा परिणत भएपछि स्पेनले बराबरी गर्यो । फावियन स्ह्चारको पेनाल्टी रोकिएपछि स्वीट्जरल्याण्डको अग्रता बनाउन सकेन् । स्पेनका लागि रोड्रीको प्रहार समेत बचाउ भएपछि बराबरीकै स्थितिमा रह्यो ।
म्यानुअल अकान्जिको प्रहार समेत बचाउ भएपछि स्वीट्जरल्याण्डमा निराशा थपियो । जेरार्ड मोरेनोको प्रहार गोल भएपछि स्पेनले अग्रता लियो । स्वीट्जरल्याण्डका चौथो पेनाल्टी समेत गुम्यो । रुबेन भेर्गासको प्रहार बचाउ हुन पुग्यो । अन्तिम प्रहार मिकेल ओर्यजाबलको प्रहार गोलमा परिणत भएपनि स्पेनले ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफुलाई उभ्यायो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…