
एजेन्सी । युरो कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । युरोपका विभिन्न ११ सहरमा भइरहेको १६ औं संस्करणको युरो कप फुटबलमा गएराति इङ्ल्यान्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

गएराति भएको खेलमा युक्रेनलाई ४–० गोलले पराजित गर्दै इङ्ग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ ।

चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै इङ्ग्ल्यान्डले युक्रेनलाई ४–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएरातिको खेलसँगै इङ्ग्ल्यान्ड, इटली, स्पेन र डेनमार्क युरो कपको अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् । अब इटली र स्पेनबीचको खेल बुधवार राति पौने १ बजे हुनेछ भने डेनमार्कले इङ्ग्ल्यान्डसँग बिहीवार राति पौने १ बजे प्रतिस्पर्धा गर्ने भएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…