
एजेन्सी । स्पेनको चुनौतिलाई पेनाल्टी सुटआउटबाट पन्छ्याउँदै इटाली युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो । रोमाञ्चक जित निकालेको इटालीले उपाधिका लागि इङ्ल्यान्ड र डेनमार्कबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समय तिर धकेलिएको खेलमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउट तिर धकेलिएको थियो । पेनाल्टी सुटआउटमा इटालीले बाजी मार्दै उपाधि नजिक पुगेको हो ।
इटालीका लागि पेनाल्टीमा आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेलीले गोल गर्न चुकेका थिए । उता स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गर्दा तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न असफल रहे ।
यस अघिको निर्धारित ९० मिनेटको खेलमा जानु अघि दुबै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने इटालीले सुरुवाती अग्रता बनाएको थियो । ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८० औं मिनेटमा परिवर्तित खेलाडी अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा फर्काए ।
यस जितसँगै इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान समेत मंग गरेको छ ।

इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । इटालीले क्वाटरफाइनलमा फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो भने स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…