
एजेन्सी । डेनमार्ककलाई अतिरिक्त समयमा पराजित गर्दै इङ्ल्यान्ड पहिलो पटक युरोपेलि च्याम्पियसिपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको प्रतिस्पर्धामा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्डले इटालीसँगको भेट पक्का गरेको हो ।
वेम्बलीमा भएको खेलमा इङ्ल्यान्डले डेनमार्कले लिएको अग्रतालाई उल्टाएको हो । इङ्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे भने एक गोल उपहार पाएको थियो । यस अघि ३०औं मिनेटमा डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गर्दै डेनमार्कलाई सुरुआती अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय ४ औं मिनेटमा कप्तान केनले गोल गर्दै इङ्ल्यान्डलाई २–१ को जित दिलाए । केनले पेनाल्टीको रिबाउन्डमा गोल गरेका हुन । रहिम स्ट्रर्लिङलाई जोकिम माहेलले पेनाल्टी बक्स भित्र फाउल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो । जसमा केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए । तर, रिबाउन्डमा आएको बलमा केनले सहजै गोलमा परिणत गरेका थिए ।
जितसँगै इङ्ल्यान्ड सन १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । १९६६ मा इङ्ल्यान्डले विश्वकप उपाधि जितेको थियो । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ । यस अघि इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…