अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २७ गते २०७८ मा प्रकाशित


उपाधि उचाल्दै मेस्सी सहित अर्जेन्टिना टिम ।

एजेन्सी-अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेसँगै मेस्सीको अन्तराष्ट्रिय उपाधि जित्ने सपना पुरा भएको छ । २८ वर्षपछि ब्राजिलमा आयोजित कोपा अमेरिकाको फाईनलमा एन्जेलो डि मारियाले निर्णयक गोलमा अर्जेन्टिनाले उपाधि खडेरी तोड्यो । उपाधिले मेस्सीलाई अन्तराष्ट्रिय उपाधि बन्चितबाट हुनबाट समेत जोगाए ।

कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाईनल तय गरेको अर्जेन्टिनाले ब्राजिललाई पराजित गर्न पहिलो हाफको २१ औं मिनेटमा सम्भव रह्यो । २१ औं मिनेटमा मारियाले उचाईदिदैं फ्लिक गरेको बल गोलमा परिणत भएपछि उपाधि जित्ने पर्याप्त हुन पुग्यो । रोड्रिगो डि पाउलले दिएको लङ्गपासलाई डि मारियाले नियन्त्रण गर्दै अफसाईट विट गर्दै फ्लिक बल गोलमा परिणत भएपछि कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाको नाममा पक्का भएको थियो ।

ब्राजिलले घरेलु मैदानमै कोपा अमेरिका जित्ने सपना अधुरो रह्यो । नेयमारले आफनो घरेलु भूमिका कोपाको पहिलो उपाधि जित्ने सपना पुरा हुन सकेन् । ब्राजिलले बलमाथिको नियन्त्रण कायम गरेपनि गोल गर्नबाट चुकिरहँदा उपाधिविहीनमा रह्यो । मेस्सीले प्रतियोगितामा मोष्ट भ्यालुएबल प्लेयरको उपाधिसहित सर्वाधिक गोलकर्ताको पुरस्कार प्राप्त गर्दा अर्जेन्टिनाका गोलकिपर इमिलानो मार्टिनेज उत्कृष्ट गोलकिपरबाट पुरस्कृत भएका थिए ।