
काठमाडौं – १४औं दक्षिण एसियाली खेलकुद (साग) २०२३ को मार्च महिनामा पाकिस्तानमा हुने निश्चित भएको छ ।
साउथ एसियन ओलम्पिक काउन्सिल (एसएओसी) को सोमबार बसेको भर्चुअल बैठकले १४औँ साग २०२३ मार्चमा पाकिस्तानले गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले जानकारी दिए । महासचिव निलेन्द्रराज श्रेष्ठ बैठकमा सहभागि थिए ।
‘नेपालमा सम्पन्न १३औं साग पछि पहिलो पटक बैठक बसेको हो । झन्डा हस्तान्तरण गरेपछि आयोजकले गर्ने हो कि होइन भन्ने डर थियो,’ महासचिव श्रेष्ठले भने, ‘पाकिस्तानबाट आयोजना गर्न लागि तय भएको बैठकमा सहभागित भएसँगै प्रस्तुत गरिएका एजेन्डा पारित भएका छन र साग हुने निश्चित भयो ।’
नेपालमा भएको १३औँ सागमा नेपालले पाकिस्तानलाई झन्डा हस्तान्तरण गरेको थियो । १४औँ सागमा २७ खेलहरु समावेश गरिने भएको छ । २५ नियमित र आयोजक राष्ट्रका हैसियतमा पाकिस्तानले आफु अनुकुलका दुई खेल थप गरेर साग आयोजना गर्नेछ । थप दुई खेलको टुङ्गो भने आगामी बैठकमा प्रस्ताव हुने महासचिव श्रेष्ठले बताए ।
पहिलो पटक बसेको बैठकले औपचारिक निर्णय गरेसँगै सागको उद्घाटन र समापन तथा मुख्य प्रतियोगिताहरु पाकिस्ताको लाहोरमा हुने प्रस्ताव आएको महासचिव श्रेष्ठले जानकारी दिए । लाहोर बाहेक फैसलावाद, गुजरनवाला, इस्लामावाद र सिलाकोटमा आयोजना हुनेछ ।
‘पाकिस्तानले लाहोरबाहेकका अन्य ४ सहरमा प्रतियोगिता आयोजना गर्न प्रस्ताव गरेको छ,’ महासचिव श्रेष्ठले थपे, ‘पाकिस्तानले राखेका प्रस्ताव पारित भयो । नियमित बाहेक दोस्रो चरणमा कुन कुन खेल सहभागी गराउने र स्थानको बारेमा दोस्रो बैठकमा छलफल हुने छ ।’
बैठकमा भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान ओलम्पकि कमिटीका अध्यक्ष तथा महासचिव सहभागी थिए । सागको आयोजनाको खेल स्थलको निरिक्षणका लागि दक्षिण एशियाली ओलम्पिक काउन्सिलले अरु ओलम्पिक कमिटीलाई यहि बर्षको अन्तिममा आमन्त्रण गर्ने भएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…