
भगवती केसी(ओलम्पियन)
पोखरा-पोखरा खेलकुदको शहर भनेर धेरै व्याख्या गरिन्छ । खेलकुदको राजधानी समेत भनिन्छ । राजधानीको रुपमा व्याख्या गरिए अनुसार अन्तराष्ट्रिय एरिनामा खेलाडीको उपस्थिति भने कमजोर छ । नगण्य जस्तै छ ।
गण्डकी प्रदेशबाट ओलम्पिकमा खेलाडी सहभागितालाई नियाल्दा निकै कहाली लाग्दो छ । १९६४ देखि २०२१ सम्म आईपुग्दा गण्डकी प्रदेशबाट तीन जनाले मात्रै ओलम्पिकमा सहभागिता जनाएको इतिहास छ । दुई पुरुष र एक महिला खेलाडीको सहभागिता रहेको छ । सन १९६४ मा ब्रिटिस लाहुरे समेत रहेका ओमप्रकाश तामाङ(बक्सिङ), १९९२ मा नारायण गुरुङ(तेक्वान्दो) र सन २००० मा भगवती केसी(सुटिङ्ग)को सहभागिता रह्यो । त्यसयता गण्डकी प्रदेशबाट ओलम्पिकमा सहभागिता जनाउने सामथ्र्य देखिएको छैन् ।

नेपाली खेलाडीले ओलम्पिक सहभागिता वाईल्ड कार्ड मार्फत हुदैं आएको छ । पूर्वाधार नभएको अवस्थामा उपस्थिति रह्यो । दुईदशकयता पूर्वाधार थपिने क्रम छ । पोखरालाई खेलकुद शहर भनिरहँदा अन्तराष्ट्रिय एरिनामा सहभागिता कमजोर हुनुमा खेलकुद निकाय योजनाबद्ध रुपमा अघि बढ्न नसकेको गुनासो स्वयं खेलकुद निकायका पदाधिकारी स्वीकार्छन् ।
‘खेलकुद निकायसँग योजनाबद्ध कार्यक्रम नै छैन् । प्रशिक्षण छैन् । टालटुले शैलीमै चल्यौं । त्यसले गर्दा खेलकुदमा नजिता आउन सकेको छैन् ।’ गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले भने–‘हामी खेलकुद आयोजना राम्रो गर्छौ । तर नजितामा छैनौं ।’ उनका अनुसार गण्डकी प्रदेश मास स्पोर्टसमा लोकप्रिय छ । व्यक्तिगत प्रतिस्पर्धामा ध्यानुदिनुपर्छ । खास गरी मार्शल आर्टस खेलहरुमा विशेष चासो देखाउनुपर्छ । ‘हाम्रो कमजोरी नै व्यवस्थापन पक्ष हो ।’ उनको भनाई थियो ।
पछिल्लो समय टिकेर खेल क्षेत्रमा लाग्ने खेलाडी नै नभएको नेपाल ओलम्पिक कमिटिको बुझाई छ । खेलकुदको विकास र खेलाडीका उत्पादनमा पूर्वाधार, प्रशिक्षक र सम्बन्धीत संघहरुको सक्रियता र निरन्तरता हुनुपर्नेमा ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ बताउँछन् । ‘खेलकुदको स्तरलाई जिल्लाको पूर्वाधारसँग हेरिन्छ । संघको सक्रियता अनि प्रशिक्षकले प्रशिक्षण गराएको अवस्थालाई हेर्नुपर्छ ।’ उनको भनाई थियो । उनका अनुसार खेलाडी खेलकुदमा टिकेर बस्ने अवस्था छैन् । अधिकांश खेलाडी ‘ड्रपआउट’(खेल्ने अनि छाड्ने) हुने प्रवृत्ति बढ्दो छ । ‘जुन खेलमा अन्तराष्ट्रिय पदकको सम्भावना हुन्छ, त्यस खेललाई प्रवद्र्धन गर्नुपर्छ ’, उनले भने–‘ योजना नै कमजोर छ । योजना नहुदाँ फोकस हुदैन् । त्यसबाट अपेक्षा गर्न सकिदैन् ।’
गण्डकी प्रदेशमा सबैभन्दा कमजोर पूर्वाधार सुटिङ हो । तर ओलम्पिक सहभागिता भने उत्कृष्ट मान्नुपर्छ । कमजोर पूर्वाधार भएपनि सुटिङले भने ओलम्पिक सहभागिता गराईसकेको छ । बाग्लुङकी भगवती केसी सुटिङमा वाईल्ड कार्ड मार्फत सहभागिता जनाईसकेकी हुन् । ‘ओलम्पिकको लागि पूर्वाधार नभएपछि सुटिङको अन्तराष्ट्रिय एरिनामा सहभागिता उत्कृष्ट छ ।’ ओलम्पियन भगवती केसीले भनिन–‘तर खेलाडीले भनेजस्तो अवसर अझै पाएका छैनन् ।’
अन्य खेलकुदको पूर्वाधार बन्दै गएपनि सुटिङ रेन्जको छैन् । प्रशिक्षक पनि छैनन् । राष्ट्रिय खेलकुद परिषदले ध्यान दिएको छैन् । प्रदेश खेलकुद परिषदले पभिन बुझ्न सकेको छैन् । ‘आफनो अनुकुल खेलाडीलाई छानेर पठाउने प्रवृत्तिले खेलाडीको मनोबल घट्दै गएको छ ।’ उनको गुनासो थियो–‘सुटिङ पूर्वाधार र खेलकुद सामानमा ध्यान नदिदाँ सुटिङ खेल नै लोप हुने डर छ ।’ उनले आफनो कमजोर पूर्वाधार भएपनि अन्तराष्ट्रिय एरिनामा सुटिङको उपस्थिति भने गर्विलो रहेको सुनाईन् । ‘रुपन्देहीबाट एक खेलाडीले सुटिङबाटै ओलम्पिक सहभागिता जनाईसकेकी छन’ उनले भनिन–‘नाम भने याद गर्न सकिन ।’ पूर्वाधार विकाससँगै खेलाडी उत्पादन र खेलकुदले फड्को मार्ने अपेक्षा गण्डकी प्रदेशले गरेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…