
काठमाडाैं । टोकियोमा भइरहेको ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन ।

राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ केजी मुनीको तौल समूहमा सोनिया रुसी खेलाडी इरिना डोल्गोभासँग स्तब्ध हुँदा पहिलो खेलमा नै पराजित भएकी हुन् । जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औँ स्थानकी खेलाडी हुन भने रुसकी डोल्गोभा विश्व वरियताको नवौँ स्थानमा रहेका छन । भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराजीत भएकी हुन ।

भट्टले सो खेलमा विपक्षी खेलाडसित एक मिनेट १६ सेकेण्डसम्म मात्र भिड्न सके । उनी वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएका हुन । भट्टले नेपालमै भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा महिला ४८ केजी मुनिको तौलमा कास्य पदक प्राप्त गरेका थिइन ।

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । गौरिकाले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल र चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नबाँकी छ ।




पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…