
पोखरा-नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा सञ्चालन हुने पोखरा म्याराथनलाई हङकङबाट खेलप्रेमी नेपाली यूवाहरुले आर्थिक सहयोग गरेका छन ।
पोखरा रामबजार स्थायी घर भई हाल हङकङमा बसोबास गरिरहेका यूवाहरुले गत वैशाखमा सम्पन्न १५ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग गरेका हुन । पाखरेली हङकङ गाइज रामबजारले पोखरा म्याराथनलाई ४१ हजार ३०० नगद सहयोग प्रदान गरेको मञ्चका कार्यवाहक अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिए ।
उक्त रकम हङकङ स्थित तेक्वान्दोका खेलाडी कृष्ण गुरुङले ५ सय हङकङ डलर, हिमाल रानाले १ हजार हङकङ डलर, नयन सिंह गुरुङ (कान्छा)ले ५ सय हङकङ डलर, कृष्ण गुरुङले ३ सय ५० हङकङ डलर र दिपक गुरुङले ५ हजार नेपाली रुपैयाँ सहयोग गरेको मञ्चका महासचिव खेम गुरुङले बताए । उक्त सहयोग रकम महासचिव गुरुङले पाखरेली हङकङ गाइजका् तर्फबाट कावा अध्यक्ष पराजुलीलाई हस्तान्तरण गरेका छन ।
सो अवसरमा मञ्चका कावा अध्यक्ष पराजुलीले सहयोगका लागि पाखरेली हङकङ गाइजलाई आभार प्रकट गरेका छन । विदेशमा वस्ने नेपालीहरुले कोभिड १९को यस्तो जोखिमको बेलामा समेत पोखरा म्याराथनलाई माया गरी सहयोग गर्नु सर्हानिय रहेको भन्दै अव मञ्च १६ औं संस्करणको पोखरा म्याराथनको तयारीमा जुट्ने बताए ।
रकम हस्तान्तरण कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, सहकोषाध्यक्ष महेश पौडेल, कार्यसमिती सदस्यहरु तिलक केसी, हरिश्वर पराजुली, हरि वरुवाल, विश्व तन्डुकार, पुष्पा श्रेष्ठको समेत सहभागिता रहेको थियो ।
स्मरणिय के छ भने पोखरेली हङकङ गाइजले गत वर्ष सम्पन्न १४ औं संस्करणका लागि १ लाख ११ हजार नगद सहयोग गरेको थियो ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…