
पोखरा-अरु जिल्लामा खेलकुद सुनसान छ । तर हिमालपारीको जिल्ला मुस्ताङमा भने खेलकुदको रौनक छ । अरुतिर कोरोना विरुद्धको खोपको अभियानमा रहँदा माटोको शहर लोमान्थाङबासी भने खेलकुदमा रमाएका छन् । स्थानीयबासीमा खेलकुदको उत्साह छ । बिहीबारदेखि लो–घेकर दामोदरकुण्ड गाउँपालिका २ ढाकमारमा ‘तेस्रो छोक्याल जिङ्मी स्मृति कप’ खेलकुद प्रतियोगिता शुरु भएको छ । उदघाटन गण्डकी प्रदेशका सदस्य इन्द्रधारा विष्टले गरे । आयोजकको जिम्मेवारी जनचेतना युवा क्लबको काँधमा छ । आयोजना वर्षेनी फरक फरक युवा क्लबले गर्दै आएको छ । प्रतियोगिता आयोजना गर्न वर्षेनी क्लबहरुले गोला थुत्छन् । गोला थुतेर जसलाई पर्छ उसैले खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी लिन्छन् ।
प्रतियोगितामा फुटबल र भलिबल खेलाईन्छ । लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाँउपालिकाका क्लबहरुले मात्रै सहभागिता जनाउन पाउने छन् । ‘उपल्लो मुस्ताङको दुई गाँउपालिकाका क्लबले मात्रै प्रतिस्पर्धा गर्न पाउँछन् । अन्यले पाउँदैनन ।’ आयोजक जनचेतना युवा क्लब लोमान्थाङका अध्यक्ष भुजुङ गुरुङले भने–‘फुटबल र भलिबलसँगै अन्य साँस्कृतिक कार्यक्रम समेत हुन्छ ।’ प्रतियोगिता दुई दिन अघि आयोजना गर्ने निर्णय गरिएको थियो । तर कोरोना विरुद्धको खोपकै कारण तीनदिन पछि सारियो । ‘१८ वर्षमाथिको खेलाडी तथा अन्य सर्वसाधारणले खोप लगाईसकेका छन्’–लो घेकर दामोदरकुण्ड गाँउपालिका वडा नं २ का वडासदस्य थुक्तेन छिरिङले भने–‘खोप कै कारण दुईदिन प्रतियोगिता पछि सारिएको हो ।’
क्लबका अध्यक्ष गुरुङका अनुुसार भलिबल र फुटबल प्रतियोगितामा विभिन्न १३ क्लबका १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । भलिबल बेष्ट अफ थ्री र फाईनल मात्रै बेष्ट अफ फाईभमा प्रतिस्पर्धा गर्ने छन् । फुटबल भने १० जना खेलाडी मैदानमा उत्रिने छन् । ‘एक टिममा १० जना खेलाडी मैदानमा उत्रिने नियम छ’ क्लबका अध्यक्ष गुरुङले भने–‘मैदान केही सानो छ त्यही भएर दशजना खेलाडी मैदानमा खेल्ने छन् ।’ उनका अनुसार फुटबल मैदान ८० मिटर लम्बाई र ५५ मिटर चौडाईको छ । प्रतियोगितामा फुटबल विजेताले १ लाख १ हजार १ रुपैयाँ नगद पुरस्कारसहित शिल्ड पदक तथा प्रमाणपत्र पाउने छन् । उपविजेताले ५० हजार ५ सय ५ रुपैयाँ प्राप्त गर्ने छ । भलिबल तर्फ विजेताले ७५ हजार र उपविजेताले ३७ हजार पाँच सय ५ रुपैयाँ नगद पुरस्कार थाप्ने छन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…