
ब्याडमिन्टन
काठमाडौं- नेपाल ब्याडमिन्टन संघले भर्चुअल ब्याडमिन्टन निर्णायक कोर्ष आईतबार देखि सुरु गरेको छ । दक्ष जनशक्ति उत्पादन गर्ने संघको उद्धेश्य अनुरुप संघ संग आवद्ध प्रत्येक जिल्लामा कम्तिमा दुई दक्ष निर्णायक उत्पादन गर्ने कार्यको सुरुवात गरेको हो । संघ संग आवद्ध जिल्ला र एपिएफ क्लबले कोर्षमा सहभागिता जनाएको संघका केन्द्रिय सदस्य एवं कोर्षका प्रशिक्षक ब्याडमिन्टन एशियाका सर्टिफाईड अम्पायर दीपक थापाले जनाएका छन् ।
सहभागीहरुलाई दीपक थापाले प्रशिक्षण प्रदान गर्ने छन् भने ब्याडमिन्टन एशियाका एक्रिडिएटेड अम्पायरहरु सुमित शाक्य, समन ईकबाल र कृतन खड्का सहयोगीको भूमिकामा रहने छन् । दुई चरणमा गरेर संचालन गरिने कोर्षमा ब्याडमिन्टन संग सम्वन्धित प्राविधक ज्ञान प्रदान गरिने छ । समेत थापाले जानकारी गराए । १० दिन सम्म संचालन हुने कोर्षमा सहभागीहरुलाई दुई चरणमा गरेर प्रशिक्षण प्रदान गरिने छ ।
पहिलो चरण श्रावण १७ देखि २१ र दोश्रो चरण २२ देखि २७ गते संम्म साँझ ६ देखि ८ बजे सम्म संचालन हुने प्रशिक्षक दीपक थापाले जानकारी गराए ।नेपाल ब्याडमिन्टन संघले संचालन गर्न लागेको यो पहिलो आधिकारीक कोर्ष हो । कोर्षमा उत्तीर्ण निर्णायकहरुको प्रयोगात्मक परिक्षा नेपाल ब्याडमिन्टन संघले आयोजना गर्ने राष्ट्रिय प्रतियोगितामा लिईने र त्यसमा उत्तीर्ण निर्णायकहरुलाई नेपाल ब्याडमिन्टन संघले आधिकारीक प्रमाण पत्र वितरण गरिनुका साथै राष्ट्रिय अम्पायरमा दर्ता गरिने समेत संघले जनाएको छ ।
यस अघि पनि निर्णायकहरुको लागि विभिन्न जिल्लाले नेपालका राष्ट्रिय रेफ्रि र अम्पायरहरुको माध्ययमबाट प्रशिक्षण प्रदान गर्दै आईरहेकोमा यस पटक देखि नेपाल ब्याडमिन्टन संघले आधिकारीक रुपमै आफ्नो सम्पत्तीको रुपमा दक्ष निर्णायकहरु उत्पादन गर्ने उद्धेश्यलाई कार्यान्वयनमा ल्याएको हो ।
प्रशिक्षणमा अर्घाखाँची, बाँके, बारा, भक्तपुर, भोजपुर, चितवन, दैलेख, दाङ्ग, धादिङ्ग, धनकुटा, डोटी, इलाम, जलेश्वर, झापा, कैलाली, कञ्चनपुर, कपिलबस्तु, कास्की, काठमाण्डौ, काभ्रे, महोत्तरी, मोरङ्ग, नवलपरासी, नवलपुर, नुवाकोट, ओखलढुङ्गा, पाल्पा, पाँचथर, पर्वत, पर्सा, रुपन्देही, सल्यान, संखुवासभा, सत्परी, सर्लाही, सिन्धुली, सिन्धुपाल्चोक, सोलुखुम्बु, सुनसरी, सुर्खेत, तनहु, ते¥हथुम, उदयपुर र एपिएफ क्लब रहेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…