
एजेन्सी-अर्जेन्टिनियन स्टार खेलाडी बार्सिलोनाका खम्बा लियोनेल मेस्सीले अन्तत बार्सिलोना छाडेका छन् । बार्सिलोनासँगको सम्झौता सकिएपछि सम्झौताको पखाईमा रहेका मेस्सीले बार्सिलोनाको सम्झौता नविकरणका गरेका छैनन् ।
सम्झौता नविकरण नगर्नुको मुख्य कारण आर्थिक रहेको छ । बार्सिलोना पछिल्लो समय आर्थिक संकटग्रस्त बन्दै गएको छ । कोभिड–१९ को महामारीसँगै बार्सिलोनाले खेलाडीलाई दिदैं आएको पारिश्रमिकमा समेत कटौती गर्दै आएको थियो ।
बार्सिलोनाले मेस्सीसँगको सम्झौता नहुनुको मुख्य कारण नै आर्थिक समस्या देखाएको छ । क्लबले उदघोष गरेको छ कि नयाँ सम्झौताको लागि आर्थिक समस्याकै कारण मेस्सीले बार्सिलोना छाडेका छन् । गत ३४ वर्षिय मेस्सीको जुन ३० देखि बार्सिलोनासँग सम्झौता सकिएको छ ।
बार्सिलोना मेस्सीसँग नयाँ सम्झौताको लागि असमर्थ रहेको उल्लेख गरेको छ । चारवर्ष अघि बाज्रिलियन स्टार नेयमारले बार्सिलोना परित्याग गरेका थिए । २०१८ मा उरुग्वेयन स्ट्राईकर लुईस स्वारेजलाई समेत बार्सिलोनाले राख्न असमर्थ जनाएपछि एथलेटिको मड्रिड पुगेका थिए ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…