मेस्सी पिएसजी जाने सम्भावना

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण २३ गते २०७८ मा प्रकाशित


एजेन्स-बार्सिलोनाको सम्बन्धबाट टाढिएका लियोनेल मेस्सीलाई पेरिस सेन्ट जर्मेन(पिएसज)ले भित्र्याउने तयारी गरेको छ । पिएसजीले मेस्सीलाई तीन वर्षको सम्झौताको अफर गर्दै राजधानी पेरिस ल्याउने तयारी गरेको छ । गरिएको तयारी भने सकारात्मक रहेको पिसएजीसँगै मेस्सीका प्रतिनिधिले जनाएका छन् ।

पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले ३४ वर्षिय मेस्सीलाई सम्झौता गरेर भित्रयाउने सम्भावना रहेको जिकिर गरेका छन् । आगामी सोमबारभित्रमा मेस्सीलाई सम्झौता गर्ने विषयमा टुंगिने सम्भावना रहेको पिएसजीका प्रशिक्षक पोचटिनोले बताएको इएसपिएनले उल्लेख गरेको छ । थप छलफल मेस्सीको पिता तथा एजेन्टसँग भईरहेको छ ।

मेस्सीको आगमनसँगै फ्रेन्च फरवार्ड किलियन एमवाप्पेलाई दबाव पर्न सक्छ । एमबाप्पले पनि क्लबसँगको सम्झौतालाई थप लम्ब्याउन चाहेका छैनन् । उनको अर्को सिजन पिएजसीसँगको सम्झौता टुंगिदैं छ । मेस्सीसँगै पिएसजीले फ्रेन्च मिडफिल्ड पाउल पोग्बालाई समेत म्यानचेष्टर युनाईटेडबाट भित्रयाउने चाहना राखेको छ ।