
एजेन्सी । लेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै लेष्टरले उपाधि जितेको हो ।

लेष्टरलाई उपाधि दिलाउन केलिची इहिनाचोले निर्णायक गोल गरे । केलिचीले खेलको ८९ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । सिटीका नाथन एकेले पेनाल्टी क्षेत्रमा केलिचीलाई फाउल गरेपछि लेष्टरले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो । जसमा केलिचीले सहजै गोल गरे ।
लेष्टरले दोस्रो पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । सिटी भने सातौं पटक उपाधि जित्नबाट बन्चित भएको छ । लेष्टरविरुद्धको खेलसँगै मिडफिल्डर ज्याक ग्रेलिसले सिटीका लागि डेब्यु गरेका छन् ।

ग्रेलिस खेलको ६५ औं मिनेटमा सामुएलको स्थानमा मैदान प्रवेश गरेका थिए । ग्रेलिस यसै हप्ता एस्टन भिल्लाबाट सिटीमा अनुबन्धित भएका थिए ।

कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता र एफए कप विजेताले प्रतिस्पर्धा गर्ने गर्छन् । लेष्टर एफए कप विजेता र सिटी प्रिमियर लिग विजेताको रुपमा फाइनलमा प्रतिस्पर्धा गरेका हुन् ।



पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…