
सम्झौता पत्रमा हस्ताक्षर गर्दै ।
एजेन्सी- लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन ।
पीएसजीले अर्जेन्टिनाका कप्तान मेस्सीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको छ । ३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् भने सम्झौता थप गर्नका लागि विकल्प समेत दिईएको छ ।

बार्सिलोनाबाट खेल्दा १० नम्बर जर्सी लगाएका मेसीले पिएसजीमा ३० नम्बर जर्सी लगाउने छन् । ६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन । वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएपछि मेसीको नजर पिएसजी रहेको थियो । जहाँ उनका पुराना समकक्षी ब्राजिलियन स्टार नेइमार रहेका छन् ।

मेसी मंगलबार पेरिस प्रस्थान गरेका मेसीले ‘हेयर इज पेरिस’ टिर्सट लगाएर समर्थकमाथ देखिएका थिए । मेस्सी आउने भएपछि पीएसजीको मैदानमा उनको स्वागतमा हजारौं समर्थक उपस्थित भएका थिए । पिएसजीको कार्यालय अगाडि लामबद्ध भएर मेसीको प्रतिक्षा गरिरहेका देखिन्थ्यो ।

१७ वर्ष बार्सिलोनामा फुटबल करियर विताएका मेसीले क्लबाट खेल्दा दाजनौं कीर्तिमान बनाएका छन् । मेसीले बार्सिलोनाका लागि सर्वाधिक ६७२ गोल गरेका छन। उनले बार्सिलोनामा रहदा ३५ उपाधि जितका छन् जसमा १० ला लिगा र चार च्याम्पियन्स लिगका उपाधि छ भने मेसीले ला लिगाका सर्वाधिक ४७४ गोल गरेका छन् ।



पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…