
एजेन्सी । ७४ वर्ष पछि शीर्ष डिभिजनमा बढुवा भएको ब्रेन्टफोर्डले बलियो प्रतिद्वन्द्वी आर्सनललाई २–० ले हराउँदै नयाँ सिजनको प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ ।

शुक्रबार राति भएको पहिलो खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग पराजित हुँदा नयाँ सिजनको प्रिमियर लिगमा आर्सनलले खराब सुरुआत गरेको छ ।

ब्रेन्टफोर्डलाई जित दिलाउन सेर्गी कानोस र क्रिस्टियन नोएर्गार्डले एक एक गोल आफ्नो नाममा लेखाए । घरेलु मैदानमा खेलको २२ औं मिनेटमा सेर्गीले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७३ औं मिनेटमा क्रिस्टियनले गोल गर्दै ब्रेन्टफोर्डको अग्रता दोब्बर हुँदा जित निश्चित भएको थियो ।

यसै सिजन प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डले सुखद सुरुआतबाट तालिकामा तीन अंकको खाता खोलेको छ । गत सिजन च्याम्पियनसिपको प्ले अफमा स्वान्सी सिटीलाई पराजित गर्दै ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा भएको थियो ।

प्रिमियर लिगमा आज ७ खेल हुँदै छन् । म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्दा बर्नलीले ब्राइटन, चेल्सीले क्रिस्टल प्यालेस, एर्भटनले साउथ ह्याम्पटन, लेस्टर सिटीले उल्भ्स, वार्टफोर्डले एस्टन भिल्ला तथा नर्वविच सिटीले लिभपुलको सामना गर्दै छन् ।



पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…