
एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा टोटनह्यामसँग १–० ले पराजित भएको छ ।

गएराती आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामले डिफेन्डिङ च्याम्पियनलाई १–० ले स्तब्ध बनाएको हो । घरेलु टोलीलाई विजयी गराउनसन हिउङ मिनले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

नयाँ प्रशिक्षक नुनो इस्पीरितो सान्तोको प्रशिक्षणमा टोटनह्यामले सिजनको पहिलो खेलमा साविक विजेता म्यान्चेस्टर सिटीलाई स्तब्ध बनाएको हो ।

यो जितसँगै टोटनह्यामले चर्चित स्ट्राइकर ह्यारी केन बिना पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने सन्देश दिएको छ । केनलाई म्यान्चेस्टर सिटीले आफ्नो टोलीमा भित्र्याउने प्रयास गरिरहेको छ । प्रिमियर लिगकै अर्को खेलमा वेष्ट ह्याम युनाईटेडले न्युकायसल युनाईटेडलाई ४–२ ले हरायो ।



पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…