
काठमाडौं- तटस्थ स्थल उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले एएफसी महिला एसियन कप छनोट अन्तर्गत पहिलो खेल फिलिपिन्ससँग हुने जनाएको हो । भारतमा हुने प्रतियोगिताका लागि छनोट खेल्न लागेको नेपाल समूह एफमा रहको छ । छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग सेप्टेम्बर १८ र दोस्रो खेलमा सेप्टेम्बर २१ मा खेल्नेछ भने सोही समूहको अर्को खेलमा फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ मा आमने सामनो हुनछन् ।
२८ टोलीलाई ८ समूहमा विभाजन गरिएको छनोट अन्र्तगत चार सूमहमा चार÷चार टोली रहेका छन् भने अन्य चार समूहमा तीन÷तीन टोली रहेका छन् । समूह एफ रहेको नेपालले फिलिपिन्स र हङकङलाई पराजित गर्दै समूहविजेता बन्न सके मात्र नेपालले भारतमा आगामी जनवरीमा हुने एएफसी महिला एसियन कप महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछ ।
कुल १२ टोलीले खेल्ने एसियन कपमा आयोजक भारतसहित जापान, अस्ट्रेलिया र चीनले स्थान बनाइसकेका छन् । बाँकी आठ राष्ट्रले भने यसै वर्ष सम्पन्न हुने छनोट चरणबाट एसियन कप खेल्नेछन् । छनोटका सबै खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…