
काठमाडौं-उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २३ सदस्यीय टिमको घोषणा गरेका हुन । घोषणा भएको टोलीमा अमिशा कार्की, अञ्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा टोलीबाट बाहिरिएका छन् ।
यस्तै अखिल नेपाल फुटबल संघ ९एन्फा० ले घोषणा गरेको टोलीमा ६ नयाँ खेलाडीले मौका बनाएका छन् । नयाँ अनुहारमा मिडफिल्डर प्रिती राई, फरवार्ड रश्मी घिसिङ, सबिता राना, रजनी थोकर, डिफेन्डर सृजना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन् ।
नेपालमा तय भए पनि कोरोना महामारीका कारण तटस्थ स्थल उज्वेकिस्तानमा तय भएको छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालसँगै समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोट खेलमा नेपालले पहिलो खेल फिलिपिन्ससँग असोज २ गते खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । हङकङसँग नेपालले असोज ५ गते प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कपमा सहभागिता जनाउने मौका पाउनेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म आयोजना हुने तालिका रहेको छ ।
नेपाली टिमः
रेनुका नगरकोटी, अन्जना राना मगर, पुनम जर्गा मगर, सिर्जना सिंह, सरु लिम्बु, एन्जिला सुब्बा, विमला चौधरी, हिरा भुजेल, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, मन्जली थोकर, अनिता केसी, विमला बिक, दिपा राई, गीता राना, इन्द्र राई, निशा थोकर, प्रिती राई, पुजा राना, रजनी थोकर, रश्मी घिसिङ र सबिता राना


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…