
एजेन्सी-मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेसँगै पेरिस छोड्न खोजेका फ्रान्सेली युवा स्टार केलियन एमवाप्पे भित्र्याउने रियल मड्रिडले २ सय मिलियन युरो प्रस्ताव गरेको छ । केही दिन अघि मात्रै रियल मड्रिडले एमवाप्पलेको लागि १६० मिलियन युरो तथा १० मिलियन युरो अतिरिक्त आम्दानी दिने गरी प्रस्ताव गरेको थियो । तर पिएसजीले त्यो प्रस्तावलाई अस्वीकार गरेको थियो ।
कम्तीमा पनि दुईसय मिलियन युरोमा ट्रान्सफरको लागि सहकार्य हुने सम्भावना औंल्याइएको छ । २२ वर्षे युवा स्टारलाई भित्र्याउन रियलले साम दाम अपनाएको छ । यद्यपी सफल भने हुन सकेको छैन् । रियलले पिएसजीलाई एमबाप्पेको ट्रान्सफरको लागि दबाव दिदैं आएको छ । आगामी जुन २०२२ सम्म एमवाप्पलेको पिएजसीसँग सम्झौता छ । सम्झौता अवधिसम्मको लागि पिएसजीले सम्भावित रिप्लेसमेन्टको लागि पखाईमा छ ।
इसपिएन अनुसार रियलले एमबाप्पेसँग बहुवर्षिय सम्झौता गर्न चाहेको छ । रियलले आफनो भरपर्दा डिफेण्डर राफायल भरानेलाई म्यानचेष्टर युनाईटेडलाई बेचिसकेका छन् । त्यसैगरी मार्टिन ओडेगार्डलाई समेत यही समरमा विक्री गरिसकेको छ । दुवैको विक्रीसँगै रियलले एमबाप्पले भित्र्याउन तयारीमा जुटेको हो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…