
काठमाडौं-नेपालले बिहीबार भारतसँगको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बराबरी खेलेको छ । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा नेपालले दोस्रो हाफमा बराबरी गोल खान पुग्यो ।
नेपालले माल्दिभ्समा आयोजना हुने १३ औं साफ तयारीमा रहेको पूर्वसन्ध्यामा भारतसँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलेको हो । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले पाहुना टोली भारतसँग १–१ को बराबरीमा टुग्याएको छ । खेको सुरुआतमा दबाब खेपेको नेपालले लिएको अग्रता जोगाउन नसक्दा भारतसँग बराबरीमा रोकिन पुग्यो ।

२४औं मिनेटमा ब्रानडन फर्नान्डेसको कर्नरलाई गोलक्षक किरण चेम्जोङले पञ्च गर्दै नेपालको दबाबलाई टारे ।३२औं मिनेटमा सुमन लामालाई फाउल गरेपछिको प्राप्त फ्रिकिकमा अन्जन विष्टको प्रहार गोलपोस्ट भन्दा निकै माथिबाट बाहिरिएको थियो । ३६औं मिनेटमा अञ्जनले गोल गर्दै नेपाललाई अग्रता दिलाए । रक्षक चिनलेनािना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन ढिलाई गरेको बललाई अञ्जनले खोस्दै गोलमा परिणत गरेका थिए । त्यसपछि केही दबाबमा देखिएको भारतले गोल फर्काउन पहिलो हाफमा गरेको प्रयास विफल भएपछि पहिलो हाफ एक गोलले पछि पर्यो ।

दोस्रो हाफ तिर लम्किएको खेलमा भारतले आक्रामक रणनीति अपनायो । ६०औं मिनेटमा सुनिल क्षेत्रीले २० यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाएपनि गोलपोस्टमा किरणसँगै रहेका अनिरुद थापाले बल ल्याण्ड हुन नपाउँदै गोल गर्दै खेल बराबरी अवस्थामा ल्याए । त्यसपछि दुवै टोलीबाट गोलका केही अवसरहरु सिर्जना भएपनि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकिन पुगेको थियो । बराबरी नतिजा अघि ७९औं मिनेटमा मनिष डाँगीको क्रसमा विशाल राईको प्रहार फितलो बनेको थियो ।

दुई मैत्रिपूर्ण खेल अन्तर्गत नेपाल र भारतबीच दोस्रो मैत्रिपूर्ण खेल आइतबार हुनेछ । यस अघि नेपालले भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएका छन् । यो बराबरी पछि बराबरीको संख्या पाँच पुगेकोछ ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँ मैत्रीपूर्ण खेल खेल्न लागेको हो भने भारत पनि साफ च्याम्प्यिनसिपको तयारीका लागि नेपालसँग मैत्रिपूर्ण खेलका लागि नेपाल आएको हो । माल्दिभ्समा हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदै छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…