
काठमाडौं- नेपाली राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले यसै वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका विराज महर्जनको सर्वाधिक क्याप जित्ने कीर्तिमानलाई बराबरी गरेका छन् ।-
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा किरणले भारतविरुद्धको पहिलो मैत्रिपूर्ण खेलमा नेपालको प्रतिनिधित्व गर्दा विराजसँगको कीर्तिमानसँग बराबरी गरेका हुन् । नेपाली टोलीका पूर्व कप्तान विराजले यस अघि नेपालका लागि ७३ क्याप जितेका थिए । विराजले यो कीर्तिमान गत चैतमा नेपालमा नै आयोजना भएको थ्री नेसन्स कपमा बनाएका थिए । सोही कीर्तिमानसँग किरणले बराबरी गरेका हुन् । विराजले थ्री नेसन्स कपपछि अन्तराष्ट्रिय खेल जिवनबाट सन्यासको घोषणा गरेका थिए ।
२००८ मा भएको एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्ध डेब्यु गरेका किरण हाल नेपाल टोलीका लागि पहिलो रोजाईका गोलकिपर हुन । पूर्व गोलकिपर रितेश थापाको स्थानमा मैदानमा प्रवेश गर्दै नेपालबाट डेब्यु गर्ने मौका पाएका थिए । त्यस यता किरण राष्ट्रिय टोलीका नियमित सदस्य हुँदै आएका छन् । भारतसँगको दोस्रो मैत्रिपूर्ण खेलमा नेपाल टोलीको कप्तानी सम्हाले किरण सर्वाधिक क्याप जित्न सक्ने खेलाडी हुनेछन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…