
काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले टोटेनहमलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

क्रिस्टलको जितमा ओडसन एडुवार्डले दुई गोल गर्दा विल्फ्रिड जाहाले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा टोटेनहम १० खेलाडीमा समेटिएपछि क्रिस्टल हावी भएकाे थियाे ।
उसका टाङगंगा दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । जसको फाईदा क्रिस्टलले बनायो । खेलको ७६ औं मिनेटमा जाहाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाए ।

खेलको ८४ औं मिनेटमा जाहाको पासमा एडुवार्डले गोल गर्दै क्रिस्टललाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा एडुवार्डले व्यक्तिगत दोस्रो गोल गर्दै क्रिस्टललाई ३-० को जित दिलाए ।

यससँगै शीर्ष स्थानको टोटेनहमले नयाँ सिजनको पहिलो हार व्यहोरेको छ । यस अङि तीन खेलमा अपराजित रहेको थियो ।
टोटेनहमले ४ खेलमा ९ अंक जोडेको छ । क्रिस्टल ४ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…