
सहारा क्लबको २३ औं वाषिर्कोत्सव तथा १२ औं अधिवेशन
पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आगामी आहा गोल्डकपको लागि सहारा क्लबलाई दुई विदेशी खेलाडीको खर्च मन्त्रालयले व्यहोर्ने बताएका छन् । विगतमा वर्षमा गण्डकी प्रदेशले सहारा क्लबले आयोजना गर्दै आएको आहा रारा गोल्डकपको आर्थिक सहयोग गरेपनि यो वर्ष भने विदेशी खेलाडी किन्न खर्च गर्ने मन्त्री गुरुङको उदघोष रह्यो ।
‘गोल्डकपलाई सपोर्ट गर्छौ । गोल्डकपमा चार जना विदेशी खेलाडी राख्न पाईन्छ । चार जनामा दुई विदेशी खेलाडीको खर्च मन्त्रालयले व्यहोर्छौ ।’ मन्त्री गुरुङले बुधबार पोखरा रंगशालामा आयोजित सहारा क्लबको २३ औं वाषिर्कोत्सव तथा १२ औं अधिवेशनलाई उदघाटन गर्दै भने–‘उत्कृष्ट टिम बनाउनुस । राम्रो विदेशी खेलाडी किन्नुस ।’ उनले नेपाली स्ट्राईकरको फिनिसिङ नहुने भन्दै स्ट्राइकर, मिफिल्डर, एट्याकिङ डिफेन्ण्डर र डिफेण्डर विदेशी झिकाउन क्लबका पदाधिकारीलाई आग्रह गरे । ‘नेपालीको फिनिसिङ राम्रो छैन्’ उनले भने–‘त्यसैले विदेशी उत्कृष्ट खेलाडी मगाउनुस । दुईजनाको खर्च मन्त्रालयले व्यहोर्ने छ ।’
उनले अब विदेशी खेलाडीलाई इन्भेष्टमेन्ट गर्ने योजना रहेको बताए । मन्त्री गुरुङले सहारा क्लबलाई एकेडेमी सञ्चालन गर्न युवा स्वरोजगार कार्यक्रम मार्फत अगाडि बढ्न सुझाव दिए । ‘युवा स्वरोजगार अन्तर्गत २५ लाख रुपैयाँ छ ।’ उनले भने–‘७ जनाको समूह बनाएर कृषि कार्यक्रममा लाग्नुस । संघसंस्थालाई अझ सजिलो हुन्छ ।’ उनका अनुसार सहारा क्लबलाई २५ लाख रुपैयाँको स्वरोजगार कार्यक्रम अन्तर्गत युवा खेलाडीलाई कृषितर्फ आर्कषित गर्दै लैजाने सकिने उल्लेख गर्दै कृषि उत्पादनबाट आएको नाफाले खेलाडीलाई डाईटको व्यवस्था सकिने बताए ।
२५ लाख रुपैयाँ १० वर्षभित्रमा तिर्नुपर्ने मन्त्री गुरुङको भनाई थियो । ‘व्याज मिनाहा हुन्छ । तर सावाँ भने समूहले बुझाउनुपर्छ ।’ उनले थपे । २०६३ सालमा सहारा क्लबले पोखरा –१७ दोविल्लामा २६ रोपनी क्षेत्रफलमा आफनै भौतिक पूर्वाधारसहित एकेडेमी सञ्चालन गर्दै आएको छ । क्लबका महासचिव रामजीप्रसाद अधिकारीले एकेडेमीमा विभिन्न जिल्लाका २६ जना खेलाडी आश्रित रहेको उल्लेख गरे । एकेडेमीको लागि क्लबले वर्षेनी आयोजना गदै आएको आहा रारा गोल्डकपबाट बचत रकम खर्च गर्दै आएको छ ।
क्लबले सहारा बाल आधारभूत विद्यालयलाई ७५ हजार रुपैयाँ सहयोग गरेको छ । विद्यालय सञ्चालनका लागि शिक्षकको पारिश्रमिक स्वरुप ८४ हजार रुपौयँ सहयोग प्रदान गरेको छ । क्लबलाई यो वर्ष ५ लाख १५ हजार रुपैयाँ सहारा अक्षयकोषलाई सहयोग प्राप्त भएको क्लबले जनाएको छ । महासचिव अधिकारीका अनुसार सहारा क्लबले स्थापना गरेको अक्षयकोषमा २ करोड १८ लाख ६८ हजार २५९ रुपैयाँको छ ।
सहाराले यो वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार पत्रकार दिपक परियारलाई प्रदान गरेको छ । युवा तथा खेलकुद मन्त्री गुरुङ, सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा लगायतले खादा, दोसल्ला, नगदसहित सम्मान गरेका थिए । पुरस्कार राशी २० हजार राशीको रहेको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…