
पोखरा-सहारा क्लब पोखराको नयाँ नेतृत्व चयन भएको छ । दुईवर्षे कार्यकालको लागि हरिराम गुगुरुङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।बरिष्ठ उपाध्यक्षमा केशवराज बराल सर्वसम्मत भएका छन् । बराल एक दशकअघि महासचिव भएर क्लबमा निष्क्रिय रहेका थिए । फेरी उनी बरिष्ट उपाध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।
बुधबार सम्पन्न १२ औं अधिवेशनले उपाध्यक्षमा चित्रबहादुर पुन छन् । महासचिवमा रामजीप्रसाद अधिकारीले कार्यकाल दोहोर्याएका छन् । त्यसगरी सचिवमा सुनिल रानामगर रहेका छन् । कोषाध्यक्षमा नवराज अधिकारी छन् । सह कोषाध्यक्षमा विनुराना मगर छिन् । सदस्यहरुमा रोजिना गुरुङ्ग, ज्योति केसी, शंकर सुवेदी, अतित गुरुङ्ग, मनमाया तामाङ्ग र मनोज थापा रहेका छन् ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…