
काठमाडौं-१०औं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा नेपालले फिलिपिन्स विरुद्ध ऐतिहासिक जित निकाल्नबाट चुकेको छ ।
एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ ले पराजित भएको हो । नेपालले १० मिनेटमा विमला चौधरीको हेडर गोलबाट अग्रता लिएको नेपालले अन्तिम मिनेटमा गोल खाँदा इतिहास कोर्ने मौकाबाट बञ्चित भएको हो । यस अघि सन १९९९ को एएफसी महिला च्याम्पियनसिपमा नेपाल फिलिपिन्ससँग ५–० ले पराजित भएको थियो ।

खेल बराबरी आएपछिको दुई मिनेट पछि इन्जुरी समयमा दोस्रो गोल गर्दै अग्रता उल्टाउँदै नेपालविरुद्ध रोमाञ्चक जित निकाल्न सफल भयो । यस सँगै फिलिपिन्सले छनोट खेलमा सुखद सुरुआत गरेको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालका लागि गोल गरेकी विमला ३९ औं मिनेटमा चोटग्रस्त हुँदै मैदान बाहिरिएपछि नेपाली टोली थप दबाबमा परेको थियो ।
अन्तिम तिर खेलमा फर्किने क्रममा फिलिपिन्सका लागि ८९ औं मिनेटमा तहनाइ एन्निसले गोल गर्दै खेल १–१ गोल बराबरीमा ल्याउँदै खेलमा फर्किने संकेत दियो । त्यसपछि खेलको इन्जुरी समयमा विल्सन केमिलीले गोल गर्दै फिलिपिन्सलाई २–१ को जित दिलइन ।

यससँगै समूह ‘एफ’ को नेपालले हारबाट छनोटको सुरुवात गरेको छ । फिलिपिन्सले भने पुनरागमनमा जित निकाल्दो छनोट खेलमा सुखद सुरुवात गरेको छ । र, पहिलो खेलमा ३ अंक जोडेको फिलिपिन्स शीर्ष स्थानमा रहेको छ । अब नेपालले दोस्रो खेल मंगलबार हङकङको सामना गर्नेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कपमा सहभागि हुने मौका पाउनेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।


पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…