
काठमाडौं । प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभपुरले क्रिस्टल प्यालेसलाई हराउँदा साविक विजेता म्यानचेस्टर सिटीले बराबरीमा रोकिएको छ ।

लिभपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गर्दा अर्को खेलमा म्यानचेस्टर सिटी साउथ ह्याम्पटनसँग गोल रहित बराबरीमा रोकिएको हो । जितसँगै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

निकै रोमाञ्चक बनेको खेलमा लिभपुललले साडियो मानेको गोलबाट सुरुआती अग्रता निकालेको थियो । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा मानेले गोल गर्दै पाहुना टोलीमा अग्रता निकालेका थिए । मोहम्मद सालाहले गरेको हेडर बल फर्किएपछि मानेले गोलमा परिणत गरेका थिए । पहिलो हाफमा पाएको अग्रतापछि लिभपुलले दोस्रो हाफमा पनि दबाब दिएर खेल्यो । ७८औं मिनेटमा मोहम्मद सालाहले भिर्गिल भानडायकको पासमा उत्कृष्ट गोल गर्दै घरेलु टोलीको अग्रता २–० मा पु¥याए । उक्त गोल गर्ने क्रममा जर्सी फालेर गोल सेलिब्रेसन गरेसँगै पहेलो कार्ड पनि दर्शन गरेका थिए ।

दुई गोलले पछि परेको क्रिस्टल प्यालेस खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन । उल्टै लिभरपुलका लागि नेबी केइटाले तेस्रो गोल थप्दै जित सुनिश्चित गरे । बाँकी समयमा क्रिस्टल खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र लिभपुलले घरेलु मैदानमा सानदार जित निकाल्न सफल भयो ।
प्रिमियर लिगमा पाँचौ खेल मध्येबाट चौंथो खेलमा जित निकालेको लिभपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले ५ खेलबाट १३ अंक बनाएको छ । पराजित क्रिस्टल प्यालेसको ५ अंक रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले बर्नलीको घरेलु मैदानमा १–० को जित निकालेको छ । आर्सनलको जितमा आस्लेइ वेस्टउडले २९औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो । यस्तै वार्टफोर्डले नर्विच सिटीलाई ३–१ ले पराजित गर्दा ब्रेन्टफोर्डले उल्भरह्याम्पटनलाई २–० ले स्तब्ध बनायो । अर्को खेलमा लिड्स युनाईटेड र न्युक्यासल युनाईटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।



पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…