टोटेनह्याममाथिको जितले चेल्सी शीर्ष स्थानमा उक्लियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ४ गते २०७८ मा प्रकाशित


काठमाडौं । घरेलु टोली टोटेनह्यामलाई स्तब्ध बनाउँदै पाहुना टोली चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति सहज जित निकालेको छ ।

टोटेनह्यामको मैदानमा भएको खेलमा चेल्सीले ३–० को जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस अघि लिभरपुल शीर्ष स्थानमा रहेको थियो । गोल अन्तरका आधारमा चेल्सीले लिभरपुलललाई उछिन्दै शीर्ष स्थानमा कब्जा जमाएको हो ।

टोटेनहमको मैदानमा चेल्सीलाई जित दिलाउन थियागो सिल्भा, एनगोलो कान्टे र एन्टोनियो रुडिगरले एक एक गोल गरे ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा थियागो सिल्भाले ४९औं मिनेटमा गोलको खाता खोलेका थिए । ५७ औं मिनेटमा कान्टेले टोलीका लागि दोस्रो गोल थप्दा इन्जुरी समयमा रुडिगरले गोल गर्दै चेल्सीलाई ३–० को जित निश्चित गरे ।

यस जितसँगै चेल्सीले ५ खेलमा १३ अंक जोडेको छ । चेल्सी लिगको शीर्ष स्थानमा उक्लिएको हो । टोटेनहम ९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत आइतबा भएका अन्य खेलमा म्यानचेस्टर युनाईटेडले वेस्ट ह्याम युनाईटेडलाई उसैको मैदानमा २–१ को रोमाञ्चक जित निकाल्दा अर्को खेलमा लेस्टर ब्राइटसँग २–१ ले पराजित भए ।