
काठमाडौं । चेल्सी र म्यानचेस्टर युनाईटेड प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा पराजित भएका छन् ।

ग्रावियल जिससको निर्णायक गोलबाट म्यानचेस्टर सिटीले शनिबार चेल्सीमाथि १–० को जित निकाल्दा म्यानचेस्टर युनाइटेड पनि एस्टन भिल्लासँग समान १–० ले पराजित भएको हो ।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा सिटी र चेल्सीले पहिलो हाफ गोल रहित खेल्द अर्को खेलमा एस्टन भिल्लाले युनाईटेडको मैदानमा रोमाञ्चक जित निकाल्न सफल भएको हो । जितसँगै साविक विजेता म्यानचेस्टर सिटीले जारी सिजनको बलियो टोली चेल्सीको मैदानमा जित निकाल्दा प्रशिक्षक पेप ग्वार्डिओलाको परिक्षा सफल भएको छ भने चेल्सीले जारी सिजनमा पहिलो पराजय भोगेको छ ।
स्टामफोर्ड ब्रिजमा सुरुवातदेखि नै सिटीले घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५३औं मिनेटमा जिससले पेनाल्टी बक्स नजिकै रुमलिएको बललाई नियन्त्रण गर्दै आकर्षक शैलिमा गोलमा परिणत गर्न सफल भएका थिए । उक्त गोल नै जितका लागि पर्याप्त भएको थियो । जोओ क्यान्सिलोको पासमा गोल गर्न सफल भएका थिए ।

अग्रता लिए पछि अक्रामका खेललाई निरन्तरता दिएको सिटीका लागि अन्य केही अवसर सिर्जना भए पनि सदुपयो गर्न चुकेको थियो । उता घरेलु टोली चेल्सी पनि खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन् । जितसँगै सिटीले पछिल्लो तीन खेलको हारको श्रृंखलालाई तोडेको छ । स्पष्ट अंक जोडेको सिटीको ६ खेलबाट १३ अंक पुगेको छ । समान १३ अंक नै रहे पनि चेल्सी सिटी भन्दा एक स्थान तल रहेको छ ।

शनिबारकै अर्को खेलमा म्यानचेस्टर युनाईटेड इन्जुरी समयमा गोल खान पुग्दा घरेलु मैदानमा एस्टन भिल्लासँग स्तब्ध भएको हो । घरेलु मैदान वल्र्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई स्तब्ध पर्न कोर्टेनी हउसले ८८औं मिनेटमा गरेको गोल निर्णायक भएको थियो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ८८ औं मिनेटको गोलबाट एस्टोन भिल्लालाई स्पष्ट तीन अंक खोस्न सफल भएको हो ।

पछि परेको युनाइटेडलाई इन्जुरी समयमा पेनाल्टीबाट खेलमा फर्किने मौका मिलेको थियो । पेनाल्टी प्रहारमा आएका ब्रुनो फर्नान्डेसले अवसरलाई सदुपयोग गर्न चुक्दा युनाईटे भ्रमणकारी टोलीसँग स्तब्ध हुन पुगेको हो । हारले युनाइटेडको शीर्ष स्थानमा उक्लने मौका गुमेको छ ।

६ खेलमा १३ अंक जोडेको युनाईटेड चौथौ स्थानमा छ भने जित निकालेको एस्टन भिल्लाले ६ खेलबाट १० अंक बनाएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…