
काठमाडौं । फिफा वरियतामा नेपाल भन्दा मािथ रहेको बलियो प्रतिद्वन्द्वी ओमानसँगको मैत्रीपूर्ण खेलमा नेपाल नराम्रो सँग पराजित भएको छ ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा कतारमा अभ्यास गरिरहेको नेपाल आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७–२ गोल अन्तरले पराजित भएको हो ।

ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गर्दा फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक÷एक गोल गरे ।
नेपालका लागि आयुस घलान र अनन्त तामाङले एक÷एक गोल फर्काएर अन्तर घटाएका थिए । कतार युनिभर्सिटीको मैदानमा पहिलो हाफमा २–१ ले पछि परेको नेपाल दोस्रो हाफमा निरिह भएको थियो ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार नै साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…