
काठमाडौं । माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ फुटबल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्स पुगेको छ ।

कतारमा १५ दिनको तयारी सकेर टोली सोमबार राति माल्दिभ्स पुगेको हो । टोलीले कतारमा अन्तिम तयारी गरेको थियो । कतारमा आइतबार राति ओमानसँग मैत्रीपूर्ण खेल खेलपछि नेपाली टोली माल्दिभ्स गएको हो । ओमानसँग कतार युनिभर्सिटी फिल्डमा भएको मैत्रीपूर्ण खेलमा नेपाल ७–२ ले पराजित भएको थियो ।

साफ च्याम्पियनसिप माल्दिभ्समा आउँदो अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) सम्म आयोजना हुँदै छ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।



पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…