
पोखरा-पोखरा राईनोजसँग पराजित भएसँगै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिदाँ पोखरा भने प्ले अफको सम्भावनालाई बलियो बनाएको छ । विराटनगरलाई शनिबार किर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सात विकेटले पराजित गरेसँगै पोखरा प्ले अफको सम्भावना जिवितै राख्दा करण केसीको कप्तानीमा रहेको विराटनगर भने बाहिरिने पहिलो टोली बनेको छ ।
टियु क्रिकेट मैदानमा विराटनगरले पोखरालाई बलियो लक्ष्य दिएको थियो । १ सय ७३ रनको लक्ष्यलाई पुरा गर्न पोखरा भने तीन विकेटको क्षतिमा पोखराले १७ ओभर ४ बलमा खर्चिएको थियो । विदेशी खेलाडीको उत्कृष्ट व्याटिङ गरेपछि पोखरालाई सहज जित निकाल्न पुग्यो । असेला गुनारत्नेले अविजित रहदै ५० रनको अर्धशतकीय पारी खेले । २४ बलको सामना गरेका उनले ३ छक्का र ४ चौका प्रहार गरे । त्यसैगरी रिचार्ड लेभीले २६ बलमा ४७ रनको महत्वपूर्ण योगफल तयार पारे । उनले ३ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै पोखराका साहन अर्चाचिगेले ४३, कप्तान विनोद भण्डारी १५ रनको योगदान गरे । विराटनगरका प्रतिष जिसी, सिकन्दर राजा र हरी चौहानले समान एक÷एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ्ग इन्ङि विराटनगरले शुरु गर्यो । विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । विराटनगरका लागि आसिफ शेखले ३३ बलमा ६ वटा चौकाको मद्दतमा सर्वाधिक ४४ रन जोडे। सिकन्दर राजाले २० बलमा २९ रन जोड्दा तीन छक्का र एउटा चौका प्रहार गरे । सन्दीप रजालीले २८ रनको पारी खेल्दा कप्तान करण केसीले ९ बलमा ३ छक्का प्रहार गर्दै २४ रन बनाए । त्यस्तै, दिलसान मुनाविराले १६, अनिल साहले १२ र चन्द्रपाउल हेमराजले २ रन जोडे । पोखराको बलिङ्गमा बिक्रम सोवले २ विकेट लिए । विवेक यादव, नन्दन यादव र साहन अर्चाचिगेले एक÷एक विकेट हात पारे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…