
काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले दोस्रो खेल भोली श्रीलंकासँग खेल्दै छ ।
पहिलो खेलमा साविक विजेता माल्दिभ्समाथि रोमाञ्चक जित निकालेको नेपालले सोमबार पनि सोही लयलाई निरन्तरता दिने योजनामा छ । नेपाली टोलीका कप्तान किरण चेम्जोङले श्रीलंका बलियो भएको भन्दै निर्धारित ९० मिनेट ३ अंक जोड्ने लक्ष्यका साथ खेल्ने बताएका छन् ।

माल्दिभ्समा जारी माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भोली श्रीलंकाविरुद्ध खेल्दै छ । श्रीलंकाविरुद्धको खेल अघि भएको पत्रकार सम्मेलनमा कप्तान किरण चेम्जोङले स्पष्ट जितका लागि खेल्ने बताए ।
नेपाल र श्रीलंकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । यस अघि भएको पहिलो खेलमा नेपालले साविक विजेता माल्दिभ्समाथि १–० को जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो । सोही लयलाई निरन्तरता दिने लक्ष्यका साथ टोली मैदान उत्रिनेछ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले श्रीलंकाविरुद्धको खेल च्याम्पियनसिपको महत्वपूर्ण खेल भएकाले तीन अंक जोड्न संयमित हुँदै खेल्ने बताए ।

प्रतियोगितामा श्रीलंकाले भने हारबाट च्याम्पियनसिप सुरुआत गरेको थियो । बंगलादेशसँग पेनाल्टीमा पराजय भएको श्रीलंका पनि नेपाललाई हराउँदै अंक जोड्ने लक्ष्यमा हुनेछ । अहिले सम्म नेपाल तीन अंक जोडेर पाँच टोली सम्मिलित प्रतियोगिताको दोस्रो स्थानमा छ ।


पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…