
काठमाडौं । नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ ।

सोमबार राति माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-२ ले पराजित गरेको हो ।
खेलको ३३ औँ मिनेटमा मिडफिल्डर सुमन लामाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । सुमनले नवयुग श्रेष्ठको पास सदुपयोग गर्दै सिक्स यार्ड बक्सबाट उत्कृष्ट गोल गरेका थिए ।

दोस्रो हाफको ५१ औँँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । त्यसपछि ५७ औँ मिनेटमा मार्भिन हमिल्टनले गोल गर्दै श्रीलंकालाई खेलमा फर्काउने कोसिस गरेपनि खेल सकिन ४ मिनेट बाँकी रहँदा आयुष घलानले गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इञ्ज्युरी समयमा डिलो डि सिल्भाले पेनाल्टीमा गोल गर्दै ३-२ को अवस्थामा ल्याएपनि थप गोल हुन नसक्दा नेपाल विजयी बन्यो । नेपाल २ खेलमा ६ अंक बनाएर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ ।

यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो । सोमबार नै भएको पहिलो खेलमा बंगलादेश र भारतले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् ।



पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…